one
विज्ञापन

मोरङको लेटाङ नगरपालिका–९ स्थित शिवशक्ति बाबाधाममा माता महाकालीको भव्य मन्दिर प्रतिष्थापन हुने

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

मोरङ । कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मोरङको लेटाङ नगरपालिका–९ स्थित शिवशक्ति बाबाधाममा माता महाकालीको भव्य मन्दिर प्रतिष्थापन हुने भएको छ । प्राकृतिक सौन्दर्य, आध्यात्मिक वातावरण र धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित बाबाधाममा महाकाली मन्दिर थपिएसँगै यस क्षेत्रको धार्मिक तथा आध्यात्मिक पर्यटनले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।
मन्दिर प्रतिष्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय सरकार, आध्यात्मिक नेतृत्व तथा मन्दिर व्यवस्थापन समितिको संयुक्त पहलमा सञ्चालन भइरहेको यस अभियानले लेटाङलाई कोशी प्रदेशकै नमुना धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
लेटाङ नगरपालिका–९ का वडाध्यक्ष नन्द्रप्रसाद खतिवडाले शिवशक्ति बाबाधामको विकास स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउँदै महाकाली मन्दिरको प्रतिष्थापनले धार्मिक पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण श्रद्धालु तथा पर्यटकलाई बाबाधामको दर्शन गर्न आग्रह समेत गर्नुभयो ।

शिवशक्ति बाबाधामका मुख्य संरक्षक तथा आध्यात्मिक गुरु जगतगुरु शिवशक्ति बाबाले महाकाली मन्दिर प्रतिष्थापनलाई आध्यात्मिक ऊर्जाको केन्द्र स्थापना भएको रूपमा व्याख्या गर्नुभयो । उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई प्राणप्रतिष्ठा महोत्सवमा सहभागी भई आशीर्वाद ग्रहण गर्न हार्दिक निमन्त्रणा गर्नुभयोे ।

मन्दिर व्यवस्थापन समितिका सचिव युवराज आचार्यका अनुसार करिब २५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको महाकाली मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । जनसहभागिता, भक्तजनको सहयोग तथा स्थानीय सरकारको समन्वयबाट निर्माण कार्य सम्पन्न हुन लागेको उहाँले जानकारी दिनुभयो ।
उहाँले लक्ष्य शिवशक्ति बाबाधामलाई कोशी प्रदेशकै नमुना धार्मिक गन्तव्य बनाउने मुख्य उद्देश्य रहेको बताउदै महाकाली मन्दिरको निर्माण लगभग सम्पन्न भइसकेको बताउनुभयो । अहिले मूर्तिको अन्तिम व्यवस्थापन, प्राणप्रतिष्ठा अनुष्ठान तथा आवश्यक धार्मिक विधिको तयारी तीव्र गतिमा भइरहेको बताउदै प्राणप्रतिष्ठा समारोहमा हजारौं श्रद्धालु सहभागी हुने अपेक्षा राखिएको बताउनुभयो ।

महाकाली मन्दिरको प्रतिष्थापनसँगै शिवशक्ति बाबाधामले धार्मिक तथा आध्यात्मिक पर्यटनको क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ । हरियाली पहाडी वातावरण, धार्मिक शान्ति र प्राकृतिक सौन्दर्यले भरिएको बाबाधाम आगामी दिनमा देश तथा विदेशका हजारौं श्रद्धालु र पर्यटकको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । स्थानीय सरकार, धार्मिक अगुवा तथा व्यवस्थापन समितिबीचको सहकार्यले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन व्यवसाय र सांस्कृतिक प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन