वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दन्त सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा विशिष्टीकृत बनाउने
उद्देश्यका साथ प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीमा विश्वस्तरिय प्रविधिको अत्याधुनिक डिजिटल इमेजिङ प्रविधिमा
आधारित केयरस्ट्रिम कम्पनीको CS 9600 Full FOV
मेसिन सफलतापूर्वक जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ । उक्त अत्याधुनिक प्रविधियुक्त मेसिनको औपचारिक
उद्घाटन आज २०८३ असार १२ गते कलेज अफ डेन्टल सर्जरी अन्तर्गतको Oral Medicine and Radiology विभागमा एक
समारोहका बीच निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बुज्यू र प्रा.डा. शिव लाल शर्माज्यूले संयुक्त रूपमा रिबन काटेर
गर्नुभएको थियो । उक्त उद्घाटन समारोहमा सहायक अस्पताल निर्देशक डा. विजय श्रेष्ठ, कलेज अफ डेन्टल सर्जरीका चिफ
प्रा.डा. नविन अग्रवाल, का.मु. सह–रजिष्ट्रार श्री सागर ताम्राकार, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ, मेट्रोन श्री कला थापा, कलेज
अफ डेन्टल सर्जरी अन्तर्गतका विभागीय प्रमुखहरू, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू, प्राविधिक, नर्सिङ एवं प्रशासनिक
कर्मचारीहरू, विद्यार्थीहरूका साथै स्थानिय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो अत्याधुनिक CBCT प्रणाली नवीनतम डिजिटल इमेजिङ प्रविधिमा आधारित उच्चस्तरीय निदान Diagnostic प्रणाली हो ।
यसले आर्टिफिसियल इन्टेलिजेन्स ( AI ) को सहयोगमा न्यून विकिरणमा पनि High Clarity को थ्रीडी 3D तस्बिरहरू उपलब्ध
गराउँदछ । उक्त प्रविधिले बिरामीको दाँत, कमलो तन्तु (Soft Tissues), स्नायु प्रणाली (Nerve Pathways) र बङ्गाराको हड्डी
(Bone Structures) को सुक्ष्म अध्ययन गर्न मद्दत गर्दछ ।
यो प्रविधिको आगमनसँगै विशेषगरी दाँत, मुख तथा च्यापु ( Oral and Maxillofacial ) र नाक–कान–घाँटी (ENT) सम्बन्धी
रोगहरूको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । रोगको सुरुवाती अवस्था मै सही पहिचान गरी उचित
उपचारको खाका तयार गर्न, डेन्टल इम्प्लान्ट राख्नु अघि हड्डी र नसाको अवस्थाको सटिक मूल्यांकन र इम्प्लान्ट प्लानिङ
गर्न, मुख तथा अनुहारको जटिल शल्यक्रिया गर्नु अगाडि शल्यक्रिया गरिने क्षेत्रको विस्तृत अध्ययन गर्न, उपचार वा
शल्यक्रिया सफल भए÷नभएको र सुधारको अवस्था कस्तो छ भनी प्रभावकारी अनुगमन गर्न, Orthodontics (दाँत सिधा
बनाउने), Pedodontics (बालबालिकाको दन्त उपचार) र टीएमजे (बंगाराको जोर्नीको समस्या) को विशिष्ट मूल्याङ्कन गर्ने
जस्ता कार्यका लागी उक्त मेसिन अत्यन्तै उपयोगी रहने छ ।
प्रतिष्ठानले हाल यो सेवाअन्तर्गतका विभिन्न परीक्षणहरू तोकिएको सुलभ शुल्कमा उपलब्ध गराएको छ । बिरामीहरूले
समयमै गुणस्तरीय तथा आधुनिक निदान सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको उक्त मेसिनले
परम्परागत वा साधारण ऋत् स्क्यान र एक्स–रेको तुलनामा विकिरण समेत निकै कम उत्सर्जन गर्दछ । यस उच्च सुरक्षा
विशेषताका कारण स्क्यान गराउने बिरामी मात्र नभई मेसिन सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरू समेत विकिरणको जोखिमबाट
सुरक्षित रहन्छन् ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस उच्च प्रविधिको सफल सञ्चालनले पूर्वी नेपाल र समग्र देशकै दन्त
चिकित्सा उपचारको क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।