धरान । पूर्वी नेपालकै प्रमुख स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा चिकित्सकहरूको कुशलता र समन्वयबाट एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । झापाकी एक विपन्न महिलाको पेटभित्र रहेको करिब २१ किलोग्राम तौलको ठूलो ट्युमर निकालेर चिकित्सक टोलीले उनलाई नयाँ जीवन दिएको हो ।
झापा निवासी कमला दर्जी लामो समयदेखि पेट फुल्ने, असह्य दुखाइ हुने तथा दैनिक कामकाज गर्नसमेत कठिन हुने समस्याबाट पीडित हुनुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएका कारण उहाँले समयमै उपचार पाउन सक्नु भएको थिएन । विभिन्न निजी अस्पतालमा जाँदा उपचारका लागि ठूलो रकम खर्च लाग्ने बताइएपछि परिवार निराश बनेको थियो ।
अन्ततः उहाँ उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुभयो । प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूले विस्तृत परीक्षण गर्दा उहाँको पेटभित्र करिब २१ किलो तौलको ठूलो ट्युमर रहेको पत्ता लागेको थियो । पेटका संवेदनशील अंग तथा रक्तनलीको नजिक फैलिएको उक्त ट्युमरको शल्यक्रिया निकै जोखिमपूर्ण मानिएको थियो ।
प्रतिष्ठानका वरिष्ठ शल्यचिकित्सक, एनेस्थेसिया विशेषज्ञ तथा नर्सिङ टोलीको संयुक्त प्रयास र उच्च समन्वयका कारण जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियापछि कमलाको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएको छ ।
बिरामीका छोरा सन्तोष दर्जीले आमाको सफल उपचारपछि खुसी व्यक्त गर्दै बीपी प्रतिष्ठानका चिकित्सक तथा नर्सहरूलाई धन्यवाद दिनु भएको छ । उहाँले आमाको पेटमा यति ठूलो ट्युमर रहेको थाहा पाएपछि चिन्ता लागेको बताउदै बीपी प्रतिष्ठानका चिकित्सक र नर्सहरूको निरन्तर हौसलो र सफल उपचारले सफलता पाएको भन्दै उपचारमा संलग्न चिकित्सक तथा नर्सहरुलाई धन्यवाद दिनुभएको हो ।
बिरामी कमला दर्जीले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभूति भएको बताउनुभयो । उहाँले शल्यक्रियापछि वर्षौंदेखिको पीडा अहिले हटेको र शरीर हल्का भएको महसुस भएको बताउनुभयो । उहाँले जीवनदान दिने चिकित्सक र नर्सहरू आफ्नो जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो ।
सर्जरी वार्डकी इन्चार्ज फूलमाया विश्वकर्माका अनुसार ट्युमरको आकार ठूलो हुनुका साथै पेटका अन्य संवेदनशील अंगहरूमा समेत दबाब परेको अवस्थामा शल्यक्रिया गरिएको बताउनुभो । उहाँले शल्यक्रियाका क्रममा रक्तस्राव लगायतका जोखिमहरू भएपनि चिकित्सक, एनेस्थेसिया र नर्सिङ टोलीबीचको उत्कृष्ट समन्वयले शल्यक्रिया सुरक्षित र सफल बनाउन सम्भव भएको बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विपन्न तथा दुर्गम क्षेत्रका बिरामीहरूलाई सहुलियत तथा निःशुल्क सेवामार्फत जटिल उपचार उपलब्ध गराउँदै आएको छ । कमला दर्जीको सफल उपचारले पुनः एकपटक प्रतिष्ठानको विशेषज्ञता र सेवाप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ । यस घटनाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका हजारौँ नेपालीलाई आशाको सन्देश दिएको छ भने बीपी प्रतिष्ठानलाई पूर्वी नेपालको भरोसायोग्य उपचार केन्द्रका रूपमा थप स्थापित गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।