one
विज्ञापन

स्वर्गीय माता–पिताको स्मृतिमा वीरेन्द्रसिंह थापाद्वारा गठन गरिएको शारा थापा स्मृति प्रतिष्ठानको आयोजनामा धरानमा मावि स्तरीय वृहत् निबन्ध प्रतियोगिता

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । एक दशक अगाडि आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा वीरेन्द्रसिंह थापाद्वारा गठन गरिएको शारा थापा स्मृति प्रतिष्ठानको आयोजनामा धरानमा मावि स्तरीय वृहत् निबन्ध प्रतियोगिता सम्पन्न भएको छ भएको छ ।

‘हाम्रो धरान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ आयोजना भएको निबन्ध प्रतियोगितामा निबन्धकारहरूले धरानको सांस्कृतिक तथा शैक्षिक उन्नयनका सम्बन्धमा आफ्ना विचार र सिर्जनशीलताहरू प्रस्तुत गरेका थिए ।
निवन्धमा भाग लिने विद्यार्थीहरुले विगतमा नेपालको बारेमा धेरै निबन्ध लेखे पनि धरानको बारेमा अर्थात आफ्नै ठाउँको बारेमा लेख्दा अत्यन्तै गर्व लाग्ने बताएका छन् । उनीहरुले धरानको नकरात्मक तथा सकारात्मक पक्षलाई समेटेर निवन्ध लेखेको बताएका छन् ।

आयोजक शारा थापा स्मृति प्रतिष्ठानले धरानलाई प्राथमिकतामा राखेर निबन्ध लेखन प्रतियोगिता राखेकोप्रति सबैले खुलेर प्रशंसा गरेका छन् । पिण्डेश्व विद्यापीठका प्राचार्य भवानीशंकर भट्टराईले धरानमै जन्मेका, हुकेका विद्यार्थीहरुले धरानकै विषयमा निबन्ध लेख्दा धेरै कुरा जान्ने अवसर प्राप्त हुने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष वीरेन्द्रसिंह थापाका अनुसार निबन्ध प्रतियोगिता धरान १२ पब्लिक हाईस्कुलमा सम्पन्न भएपनि पुरस्कार, सम्मान असार ७ गते सम्पन्न गरिने बताउनुभयो । उहााका अनुसार निबन्ध प्रतियोगीहरूको उत्कृष्ट निबन्ध छनोटका लागि तीन सदस्यीय निर्णायक मण्डल रहको जानकारी गराउँदै जसमा डा. महानन्द तिम्सिना, डा. भवानीशंकर भट्टराई र विष्णु खतिवडा रहनु भएको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष थापाले संस्था आफूले बुबा–आमाको नाममा ११ वर्ष अगाडि गठन गरेसँगै धरानको उन्नयनमा केही योगदान पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले हरेक वर्ष यस प्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले यस प्रकारको पहिलो कार्यक्रम वि.सं. २०७३ साल जेठ ८ गते प्रतिष्ठानले सिद्धी नेवाः परिषदमा गरेको जानकारी दिँदै तत्पश्चात यसको निरन्तरता कायमै रहेको बताउनुभयो । धरानको विषयमा विद्यार्थीहरुहरुलाई केही जानकारी होस् भन्ने अभिप्रायले पनि ‘हाम्रो धरान ः हाम्रो गौरव’ शीर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरिर्एको बताउनुभयो ।

पी्रतियोगितामा २० वटा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूले निबन्ध प्रतियोगिताका लागि प्रतिष्पर्धामारहेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार तथा सान्त्वना पुरस्कार १ हजार ५ सयसँगै सम्मानपत्र प्रदान गरिने भएको छ । यस्तै जेष्ठ ७ गते ह’ने समापन कार्यक्रममा ै समाजसेवी एवं धरान नगरपञ्चायतका पूर्व प्रधानपञ्च श्याम गोविन्द श्रेष्ठ, पब्लिक माविका प्रधानाध्यापक डा. इन्द्रमोहन झा लाई सम्मानसहित धरान उपमहानगरपालिकाका महिला सफाइ कर्मचारीलाई वस्त्र तथा शैक्षिक –सामाजिक क्षेत्रमा समर्पित व्यक्तिहरूलाई समेत केही सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन