one
विज्ञापन

अभिभावकलाईसँगै राखेर मनमोहन विश्वविद्यालयले बाँडयो छात्रबृत्ती

Article Image
Article Image

विराटनगर, ४ जेठ । अभिभावकहरूलाई सद्भावना दूत बनाउदै आएको कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले सोमवार अभिभावकहरुसँग अन्र्तक्रिया गर्दै ईन्जिनियरिङ संकायको स्नातक तहको प्रथम समेष्टर पुरा गरेका ११ जना विद्यार्थीहरुलाई छात्राबृत्ती प्रदान गरेको हो ।
सिभिल र ईलेक्ट्रिक ईन्जिनियरिङग अध्यनरत प्रथम समेष्टरका ११ जना छात्रछात्राहरुलाई डिन डा. रेखा श्रेष्ठले जनही ७५ र २५ हजारका विभिन्न छात्रबृत्ती प्रदान गरिन । उनले अभिभावकको गुनासो तथा सुझावलाई सुनेर तत्काल समाधान खोज्न सँगसँगै राखेर अन्तक्र्रिया गर्दै छात्रबृत्ती प्रदान गर्ने गरेको र हरेक बर्ष निरन्तरता दिइरहेको बताइन । सिभिल ईन्जिनियरिङ विभागका प्रमुख ईन्जिनियर ओमनारायण चौधरीले राम्रो अध्यन गर्न चाहने विद्यार्थीहरुलाई विश्वविद्यालयले प्रदान गर्ने गरेको छात्राबृत्तीलाई निरन्तरता दिदै जाने गरेको बताए ।
अभिभावकहरु दिवाकर पौडेल र शर्मिला भट्टराईले आफनै प्रदेशको विश्वविद्यालयमा छोराछोरीलाई कम खर्चमा गुणस्तरिय पठनपाठन गराउन पाएकोमा धन्यबाद दिदै नियमित बोलाएर पढाइको अवस्था जानकारी गराउदै सुझाव लिने कार्य सह्रानिय भएको बताए ।
कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले अभिभावकहरूलाई सद्भावना दूत घोषणा गरी विश्वविद्यालयको पठनपाठनको गुणस्तर र अनुभवबारे प्रचार–प्रसार गराउदै आएको छ । साथै अध्यनरत विद्यार्थीहरुलाई हरेक बर्ष २७ लाख बरावरको निडवेश , मेरिट , पार्सियल , फुल स्कलरशीप, ईन्ट्रान्स र सेमेष्टर टपर अनि रिसर्च छात्रबृत्ती प्रदान गर्दै आएको छ ।
ईन्जिनियरिङ संकायको डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयमा भर्ना हुने, परीक्षा पास गर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कार्यक्रममा कम्तीमा एक जना अभिभावकको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ । सो अवसरमा विश्वविद्यालयले आफनो संकायमा अध्यनरत विद्यार्थीको पढाईको गुणस्तर, समस्याहरू र विश्वविद्यालयको सेवा–व्यवहारका बारेमा अभिभावकहरूसँगै राखेर समिक्षात्मक अन्तरक्रिया गर्दै आएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले ईन्जिनियरिंङ संकायका विद्यार्थीहरुलाई हरेक बर्ष २७ लाख बराबरको विभिन्न प्रकारका छात्रबृत्ती प्रदान गर्दै आएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयमा हरेक सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई नियमित छात्रवृत्ति दिइन्छ । अनुसन्धानमा सहभागी हुने विद्यार्थीहरूलाई पनि छात्रवृत्तिबाट प्रोत्साहन गनेै गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन