one
विज्ञापन

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने धारणा पब्लिक मावि धरानले त्यो सोचलाई पूर्ण रूपमा बदलिदिएको छ.......

Article Image
Article Image
Article Image
Article Image

धरान । एक समय सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने धारणा समाजमा रहेकोे थियो । तर धरान–१२ स्थित पब्लिक मावि धरानले त्यो सोचलाई पूर्ण रूपमा बदलिदिएको छ । उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण, दक्ष शिक्षक र समयअनुसारको आधुनिक शिक्षण प्रणालीका कारण अहिले यो विद्यालय विद्यार्थी र अभिभावकको प्रमुख रोजाइ बन्न पुगेको छ ।

यो विद्यालय पछिल्लो समय नीजि विद्यालय भन्दा कम छैन । कक्षा १ देखि अंग्रेजी माध्यमबाट अध्यन अध्यापन हुने यो विद्यालयमा पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरुको रोजाइको विद्यालय पर्न सफल भएको छ ।
हालै प्रकाशित एसइई परीक्षाको नतिजासँगै उच्च शिक्षाका लागि उपयुक्त विद्यालय खोज्ने विद्यार्थी र अभिभावकको ध्यान विशेषगरी पब्लिक मावितर्फ केन्द्रित भएको देखिन्छ । धरानका मात्र होइन, पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी विभिन्न संकाय अध्ययन गर्न यहाँ आउने क्रम बढ्दो छ । निजी विद्यालय छोडेर समेत विद्यार्थीहरू यहाँ भर्ना हुन खोज्नुले विद्यालयप्रतिको विश्वास झन् बलियो बनेको संकेत गर्छ ।
वि.सं. २००३ सालमा स्थापना भएको यस ऐतिहासिक विद्यालयले सात दशकभन्दा लामो शैक्षिक यात्रा पार गरिसकेको छ । यही विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू आज राज्यका विभिन्न निकाय, प्रशासनिक संरचना तथा नीति निर्माण तहमा महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । विगतदेखि नै सामुदायिक शिक्षाको गरिमा जोगाउँदै आएको विद्यालयले पछिल्ला वर्षहरूमा शिक्षण शैली, प्रयोगात्मक सिकाइ र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गर्दै आफूलाई समयअनुकूल रूपान्तरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाका अनुसार विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेकै कारण अहिले विद्यार्थीको चाप उल्लेख्य रूपमा बढेको छ । उहाँका अनुसार विद्यालयले शिक्षा, अनुशासन र सिकाइको वातावरणमा निरन्तर सुधार गर्दै आएको छ ।
उहाँले शिक्षाको गुणस्तरलाई सधैं प्राथमिकतामा राखेकै कारण आज विद्यार्थी र अभिभावकको विश्वास पब्लिक मावितर्फ बढ्दै गएको बताए ।

विद्यालयका साइन्स डिर्पाटमेन्ट,इन्चार्ज मोहन श्रेष्ठले सामुदायिक विद्यालयप्रतिको धारणा बदलिनुमा विद्यालयले बनाएको सकारात्मक शैक्षिक वातावरण मुख्य कारण रहेको बताउनुभयो । सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा दिन सक्छ भन्ने उदाहरण पब्लिक माविले व्यवहारमै देखाएको छ । अहिले अभिभावकको विश्वास उल्लेख्य रूपमा बढेको उनको भनाई छ ।

कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत छात्रा गीता तामाङले निजी विद्यालयभन्दा कम शुल्कमा प्रभावकारी र व्यवहारिक शिक्षा पाइरहेको अनुभव सुनाउनुभयो । निजी विद्यालय छोडेर यहाँ आउँदा आफूल सही निर्णय गरेको महसुस भएको बताउदै यहाँको पढाइ, प्रयोगात्मक कक्षा र शिक्षकहरूको सहयोगी वातावरणले सिकाइलाई अझ प्रभावकारी बनाएको बताए ।

पब्लिक माविको बढ्दो लोकप्रियताले अब सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षाको बलियो विकल्प बन्न सक्छन् भन्ने सन्देश दिएको छ । निजी विद्यालयको मात्र वर्चस्व रहने पुरानो सोच बदलिँदै गएको संकेतका रूपमा अहिले पब्लिक माविलाई उदाहरणका रूपमा हेरिन थालेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन