one
विज्ञापन

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट शुरु

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान
समुदायमा स्वास्थ्यको पहुच सहज रुपमा पुगोस् भन्ने अभिप्रायले धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाको आयोजनामा धरानका सबै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई दिने अभिमुखी कार्यक्रमको आयोजना गरिएको छ । यसले जनस्वास्थ्यमा प्रत्यक्ष सुधार हुने अपेक्षा लिइएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट शुरु भएको छ । कार्यक्रम मार्फत धरानका २० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समुदायस्तरमै रोग पहिचान र प्रतिवेदन प्रणालीबारे प्रशिक्षण प्रदान गरिएको छ ।
तालिमको मुख्य उद्देश्य समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँचलाई प्रभावकारी बनाउनुका साथै सम्भावित महामारी तथा संक्रामक रोगलाई सुरुवाती चरणमै पहिचान गरी नियन्त्रण गर्नु रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो सहरीकरण तथा बदलिँदो जीवनशैलीसँगै नयाँ–नयाँ स्वास्थ्य चुनौती बढ्दै गइरहेका बेला यस्तो प्रणाली समयानुकूल र आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
कार्यक्रममा जनस्वास्थ्य निर्देशालयका अधिकृत आदित्यकुमार कर्ण, स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेल तथा सतिसकुमार ठाकुरले प्रशिक्षण दिएका थिए । उनीहरूले समुदायमा आधारित रोग निगरानी, प्रारम्भिक सूचना संकलन, महामारीको जोखिम मूल्यांकन तथा तत्काल प्रतिवेदन प्रणालीबारे स्वास्थ्य कर्मीलाई व्यावहारिक जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै अधिकृत अनिस लामाले हालसम्मको निगरानी प्रणाली मुख्यतः अस्पताल केन्द्रित रहेको उल्लेख गर्दै अब समुदायमै पुगेर रोगको प्रारम्भिक संकेत संकलन गरिने बताए । अब टोल–टोलमा ज्वरो, झाडापखाला, छालासम्बन्धी समस्या वा अन्य असामान्य स्वास्थ्य लक्षण देखिएमा स्वास्थ्यकर्मीले तत्काल रिपोर्टिङ गर्ने र यसले महामारी फैलिन नदिई सुरुमै नियन्त्रण गर्न ठूलो मद्दत बताए ।

कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले नगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले वडा तहका आधारभूत स्वास्थ्य केन्द्रलाई नगरको स्वास्थ्य सुरक्षाको पहिलो आधारस्तम्भका रूपमा विकास गरिने उल्लेख गर्दै यस्तो तालिमले स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने अभियानलाई थप बलियो बनाएको धारणा राखे ।

यस्तै स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले २० वटै वडाका स्वास्थ्यकर्मीलाई विशेष रूपमा प्रशिक्षण दिइएको जानकारी दिँदै अब धरानमा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल सूचना प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।समुदायको स्वास्थ्य सुरक्षाका लागि योे टोली चौबीसै घण्टा तयारी अवस्थामा रहने पनि जानकारी दिए ।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले आफ्नो वडामा फर्किएपछि स्थानीय समुदायसँग प्रत्यक्ष समन्वय गर्दै कुनै पनि असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने जनाइएको छ । यस कार्यक्रमले धरानको सेन्टिनेल निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै नगरको जनस्वास्थ्य सुरक्षा संयन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन