one
विज्ञापन

“हाम्रो मन्टेश्वरी”को चौथो वार्षिकोत्सव तथा दीक्षान्त समारोह–२०८३

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । व्यस्त आधुनिक जीवनशैलीका कारण अभिभावकहरू रोजगारीमा संलग्न हुँदा बालबालिकाको हेरचाह चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिस्थितिमा निजी स्तरमा सञ्चालित मन्टेश्वरीहरू अभिभावकका लागि भरपर्दो सहयोगी र बालबालिकाका लागि सुरक्षित सिकाइ थलोका रूपमा स्थापित हुँदै गएका छन् ।

धरान–१ स्थित “हाम्रो मन्टेश्वरी”को चौथो वार्षिकोत्सव तथा दीक्षान्त समारोह–२०८३ अभिभावक, शिक्षाविद् तथा सरोकारवालाहरू बालबालिकाका हेरचाहमा मन्टेश्वरीहरु प्रभावकारी बन्दै गएको बताएका हुन् ।
सहभागीहरूले मन्टेश्वरी शिक्षाको महत्वबारे आफ्ना धारणा राख्दै यस्ता संस्थाले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । अभिभावक सविता रिजालले व्यस्त अभिभावकका लागि मन्टेश्वरी ठूलो सहारा बनेको बताउँदै यहाँको हेरचाहका कारण आफूहरूलाई काममा ढुक्क हुन सहज भएको धारणा व्यक्त गर्नुभयो । हेरचाहसँगै बालबालिकाको वृत्ति विकास पनि मन्टेश्वरीको अर्को पक्ष भएको उहाँको भनाई थियो ।

सारा फाउन्डेशनका अध्यक्ष वीरेन्द्रसिंह थापाले मन्टेश्वरी विद्यालयहरूले शैक्षिक ज्ञानसँगै बालबालिकाको सर्वाङ्गीण विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले बालबालिका देशको भविष्यको कर्णाधार भएकोले उनीहरुले राम्रो शिक्षा दिक्षा पाए देशको भविष्य सुनौले हुने बताए ।

मन्टेश्वरीकी प्रिन्सिपल सीता मैनालीले संस्थाको चार वर्षे यात्रा उपलब्धिमूलक रहेको बताउनुभयो । अभिभावकहरूको विश्वास नै संस्थाको सफलताको आधार भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दीक्षान्त समारोहका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए । साथै, संस्थाले चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर खुशी साटासाट गरिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन