धरान (सुनसरी) १५ फागुन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा ठूलो विषय भएको बताउनु भएको छ ।
आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधीनता, श्रम र जनसहभागिता भएको उल्लेख गर्नुभयो । नेपाल नेपालीहरूको साझा सम्पत्ति भएकाले यसको भविष्य निर्माण गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको अध्यक्ष राईको भनाइ थियो ।
यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन मतदातासँग अपिल समेत गर्नुभयो । निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ ।अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ । उहाँले भन्नुभयो,
अध्यक्ष राईले निर्वाचन उम्मेदवार मात्र नभई विचार र पार्टीको पनि प्रतिस्पर्धा भएको उल्लेख गर्दै सबै राजनीतिक शक्ति मिलेर देश बनाउने अभियानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । धरान उपमहानगरपालिकाका पुर्व नगर प्रमुख समेत रहनु भएका राईले धरानमा पछिल्लो तीन वर्षको अवधिमा श्रमदानमार्फत सडक, खानेपानी तथा सरसफाइ लगायतका विभिन्न विकास निर्माणका कार्य सम्पन्न भएको बताउनुभयो ।
देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ । उहाँले भन्नुभयो,े विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हामीले आफ्नै दुई हातले देश सिंगार्नुपर्छ । हाम्रो पसिना आफ्नै माटोमा बगाएर देश समृद्ध बनाउनुपर्छ ।
सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उहाँको भनाइ थियो । आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।