one
विज्ञापन

१ नाले भरुवा बन्दुक सहित १ जना मानिस नियन्त्रणमा र लागू औषध सहित ३ जना पक्राउ

सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ बान्द्रेटोल बस्ने बर्ष ५० को मंगल सिंह राईको घरमा हात हतियार लुकाई छिपाई राखेको छ भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निज मंगल सिंह राईको घरकोठा रितपूर्वक खानतलासी बरामदी गर्दा निज मंगल सिंह राईले भान्सा कोठाको सिलिडमा लुकाई छिपाई राखिएको अवस्थामा १ नाले भरुवा बन्दुक थान १ फेला परेको हुँदा उक्त १ नाले भरुवा बन्दुक थान १ र निज मंगल सिंह राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाइ पक्राउ गरिएको छ । कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–७ झुलुङगे पुल स्थितमा प्र १–०२–००३ अ ६४९६ नम्बरको सिटि रिक्सालाई चेकजाँच गर्दा सोही स्थानका २४ वर्षिय देब मण्डललाई २८ किलो ४५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी ईनरुवाले धरान उप–महानगरपालिका–५ का २६ वर्षिय बिशाल अछामी र ३८ वर्षिय बिरु लिम्बुलाई ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
0
विज्ञापन