one
विज्ञापन

मनमोहनका विद्यार्थीले गरे प्राविधिक परियोजना प्रर्दशन ........

Article Image
Article Image
Article Image
Article Image

विराटनगर
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफुले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरु प्रर्दशन गरेका छन।
पोलिटेक्निकको सिभिल , ईलेक्ट्रिकल, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , मेकानिकल र आईटी ईन्जिनियरिङको डिप्लोमा तहमा अध्यनरत अन्तिम सेमेष्टरका विद्यार्थीहरुले बुधबार आफुहरुले निर्माण गरेका परियोजनाहरु प्रर्दशन गरेका हुन ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित पोलिटेक्निकमा बुधवार भएको प्रर्दशनका क्रममा आईटी विभागका विद्यार्थीहरुले स्मार्ट लाईब्रेरी सिस्टम , होस्टल म्यानेजमेन्ट , अनलाइन सपिङ, डिजिटल भोटिङ, आर्मी एडमिनिष्टरी एपदेखी स्मार्टहोम अटोमेसन र स्मार्ट होम सेक्युरिटी प्रणालीसँग सम्बन्धित एप र पोर्टलहरु प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका सबै पोर्टल र एपहरु सहज रुपमा प्रयोगमा ल्याउन सकिने र कतिपय प्रयोगमा आउन थालिसकेको आईटी विभाग प्रमुख ईन्जिनियर युवराज चौधरीले बताए ।
यसैगरि ईलेक्ट्रिकलतर्फका विद्यार्थीहरुले अटो विद्युत्त हुकिङ कन्ट्रोल प्रणाली , माईक्रो हाईड्रो पावर , विद्युत्त ओभरलोड कन्ट्रोल सिस्टम , अण्डरग्राउण्ड केवल लोकेसन ट्रयाक सिस्टम लगायतका उपकरण प्रर्दशन गरे ।
यसैगरि ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्सका विद्यार्थीहरुले बाढी प्रकोपका बेला प्रयोग गरिने ओभर वाटर अलआर्म सिस्टिम , मोवायलमा प्रयोग गर्न सकिने अटो स्मार्ट साइन ट्रान्सलेटर र पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर अनि शहरी क्षेत्रमा प्रयोग गर्न सकिने ईलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल सिस्टम लगायतका उपकरणहरु प्रर्दशन गरे ।
मेकानिकल ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले चाँही दुर्घटना कम हुने अटोरिक्सा , पेट्रोल र ब्याट्रि दुबैबाट कुदने मोटरसाइलकल अनि ईन्धन विनै प्रयोग गर्न सकिने धान काटने मेसिन र घाँस काटने ईलेक्ट्रिक मेसिन प्रर्दशन गरे ।
सिभिल तर्फका विद्यार्थीहरुले चाँही विश्विद्यालयको प्रशासिनक भवन , परीक्षा भवन , होस्टल भवन आदिको डिजाइन निर्माण गरेका थिए ।
विद्यार्थीहरुले निर्माण गरेका प्राविधिक परियोजनाको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल ,रजिष्टार डा किशोर अधिकारी , संरक्षण समिति सदस्यहरु सत्यनारायाण चौधरी , राजन केसी , बलभद्र थारु सहित बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा , उपाध्यक्ष अमृताकुमारी गच्छदार उद्योगी सोमप्रसाद अधिकारी , पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप अधिकारी लगायतले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा पालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई परिष्कृत गर्न पालिकाले सहयोग गर्न बताए ।
उद्योगी सोमप्रसाद अधिकारीले विद्यार्थीले निर्माण गरेका परियोजनाहरु लगानीकर्ता खोजी गरेर परिस्कृत गरि बजारमा लानसके प्रभावकारी हुने सुझाव दिए । संरक्षण समिति सदस्य राजन केसीले विद्यार्थीहरुले लामो अध्यन गरेर निर्माण गरेका परियोजनाहरुलाई बन्द कोठामा नराखी बजारीकरण गर्नसकेमा विद्यार्थीसँगै शिक्षालयको पनि नाम बढने बताए ।
उपकुलपति डा सुवासश्रीले चाँडै विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गरेर विद्यार्थीहरुले निर्माण गरेका स्टार्टअप परियोजनाहरुको बृहत्त प्रर्दशनी आयोजना गराउन लागेको जानकारी गराए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा ईन्निनियरिङ बिषय अध्यन गर्ने विद्यार्थीहरुले हरेक बर्ष आफुहरुले निर्माण गरेका विभिन्न परियोजनाहरु प्रर्दशन गर्दै आएका छन ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
6
विज्ञापन