इलाका प्रहरी कार्यालय देवानगंज सुनसरी र प्रहरी चौकी कप्तानगंज सुनसरी बाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिड टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं. ०४ मेहता टोलमा नेपालबाट भारत तर्फ जादै गरेको BR 50 AH 1913 नम्बरको मोटसाईकल चालक प्रहरी चेकिड टोलीलाई देख्नसाथ भागी फरार भएको र उक्त मोटरसाईकल नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाईकलमा रहेको कालो पलाष्टिकमा बेरीएको लागू औषध गाँजा जस्तो देखिने पदार्थ ५१ (एकाउन्न ) किलोग्राम फेला परेको हुँदा उक्त गाँजा र मोटसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको र जिल्ला सुनसरी देवानगंज गाँउपालिका वडा नं. ०६ रासी साहेबगंज जाने भित्री सड़क खण्डमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरी र अस्थाई प्रहरी चौकी रासीसुनसरी बाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिड़ टोलीले चेकजाँच गर्ने क्रममा रासीबाट साहेबगंज तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकलमा सवार व्यक्तिले प्रहरीलाई देखनासाथ पहेलो रंगको झोला फाली मोटरसाईकलमा सवार मानिस फरार रहेको र उक्त झोला नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ६ (छ ) किलोग्राम फेला परेको हुँदा उक्त गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ। साथै इलाका प्रहरी कार्यालय घोड़ेटार भोजपुरबाट गस्ति गर्ने क्रममा जिल्ला भोजपुर हतुवागढ़ी गा.पा. वडा नं ८ सप्टेन्टार स्थित साप्टेनटार मालबासे सामुदायिक वनको घोड़ेटार साप्टेनटार हुँदै चुहार जाने कच्ची सड़क खण्डमा बेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी रितपुर्वक बरामद गरिएको तथा उक्त भरुवा बन्दुक सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।