one
विज्ञापन

धरान उपमहानगरपालिकाले मानव सेवा आश्रम शाखा कार्यालय धरानको सहकार्यमा ‘सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा अभियान’ सुरु......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिकाले मानव सेवा आश्रम शाखा कार्यालय धरानको सहकार्यमा ‘सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा अभियान’ सुरु गरेको छ । भानुचोकमा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले अभियानको शुभारम्भ गर्दै आगामी कात्तिक १८ गतेभित्र धरानलाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको व्यवस्थापनमा सुरु गरिएको अभियानअन्तर्गत सडकपेटी, मन्दिर, बसपार्क तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका असहाय नागरिकको उद्धार, स्वास्थ्य उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइनेछ । अभियानमा जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी, मानव सेवा आश्रम तथा नागरिक समाजको सहभागिता रहनेछ ।
कार्यवाहक नगरप्रमुख बेघाले अभियान सफल बनाउन स्थानीय सरकार र मानव सेवा आश्रमको प्रयास मात्र पर्याप्त नहुने भन्दै सम्पूर्ण नगरवासी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो । धरानका कुनै पनि चोक, गल्ली, मन्दिर वा सडकमा सहयोगापेक्षी नागरिक भेटिए तत्काल सम्बन्धित निकायलाई खबर गरी सुरक्षित व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
उहाँले घर, होटल, पसल वा अन्य संस्थामा काममा लगाएर वृद्ध वा बिरामी भएपछि सडकमा अलपत्र छाड्ने प्रवृत्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिनुभयो । त्यस्तो घटना भेटिए स्थलगत सर्जमिन मुचुल्का तयार गरी सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको प्रक्रियामा अघि बढाइने उहाँको भनाइ छ । मानिसलाई काममा लगाएर अशक्त भएपछि सडकमा बेसहारा छाड्नु मानवताविरोधी कार्य भएको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधि उपमहानगरपालिकाले सहन नगर्ने स्पष्ट पार्नुभयो ।

कार्यपालिका सदस्य सिर्जना नेपालले सडकमा आश्रित व्यक्तिहरूको पहिचान तथा तथ्यांक संकलन गरी वास्तविक सहयोगापेक्षी नागरिकलाई संरक्षण गरिने बताउनुभयो । उहाँका अनुसार सडकमा भेटिएका सबै व्यक्तिको अवस्था, घरठेगाना र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गरिनेछ । वास्तविक असहायलाई मानव सेवा आश्रममा राखेर सेवा प्रदान गरिने तथा परिवार पत्ता लागेकालाई पारिवारिक पुनर्मिलन गराइनेछ । आफ्नो पहिचान र ठेगाना बताउन नसक्ने व्यक्तिको परिवार खोज्न प्रहरी सञ्जाल, प्रविधि र सामाजिक सञ्जालको सहयोग लिइने उहाँले जानकारी दिनुभयो ।

सडकबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य उपचार तथा दीर्घकालीन संरक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने तयारी गरिएको जनाइएको छ । पहिचान नखुलेका व्यक्तिको उपचार र व्यवस्थापनका लागि उपमहानगरपालिका, मानव सेवा आश्रम र प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौताको तयारी भइरहेको समेतसो अवसरमा जानकारी गराइएको छ ।
उद्धार गरिएका व्यक्तिलाई आश्रममा पु¥याएर नुहाइधुवाइ, कपाल तथा नङ काट्ने, सफा लुगा लगाउने, खाना खुवाउने र आवश्यक स्वास्थ्य सेवा प्रदान गरिनेछ । अभियानलाई दिगो बनाउन नीतिगत तथा वित्तीय व्यवस्था, संस्थागत साझेदारी, सूचना प्राप्त भएको २४ घण्टाभित्र उद्धार र जनचेतना प्रवद्र्धनलाई प्रमुख आधार बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले सडकमा असहाय वा बेसहारा व्यक्ति भेटिए नगर प्रहरी, उपमहानगरपालिका वा मानव सेवा आश्रममा खबर गर्न नगरवासीलाई आग्रह गरेको छ । सडकमा कोही पनि भोकै र अलपत्र बस्न नपरोस् तथा सबैले सम्मानपूर्वक बाँच्न पाऊन् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
6
विज्ञापन