धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलले अभिभावकसँग विवाद गर्न विद्यालय प्रशासनले नचाहेको जनाउँदै संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाएको छ । विद्यालयले नै विज्ञप्ति जारी गर्दै विवादभन्दा विद्यार्थीको हित सुनिश्चित गर्नु र विद्यालयमा मर्यादित, सुरक्षित तथा विश्वासपूर्ण शैक्षिक वातावरण कायम राख्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेको छ ।
स्कुलले प्रधानाध्यकमाथि भएको दुव्र्यवहारको भएको आफ्नो धारणा रहेको जनाउँदै डे बोर्डिङ सुविधा, शुल्कसम्बन्धी विवाद तथा सामाजिक सञ्जालमा प्रशारित सामग्रीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विद्यालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत् सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका अंश र त्यससँग जोडिएका विवरणले घटनाको अपूर्ण चित्र प्रस्तुत गरेको भन्दै वास्तविक घटनाक्रमबारे स्पष्ट पारेको हो ।
विद्यालयका अनुसार सम्बन्धित अभिभावकका दुई बालबालिकालाई बिहान करिब ७ बजे विद्यालय ल्याउने र साँझ ५ः३० बजेपछि मात्र घर लैजाने गरिएको थियो । नियमित पठनपाठन समयभन्दा बाहिरको उक्त समय डे बोर्डिङ सेवाअन्तर्गत पर्ने विद्यालयको भनाइ छ । डे बोर्डिङ सेवामा बिहानको अतिरिक्त कक्षा, तीन छाक खाना, करिब एक घण्टा खेलकुद तथा साँझको अतिरिक्त कक्षालगायत सुविधा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।