धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आर्थिक अनियमिततासम्बन्धी मुद्दा र विश्व फुटबलको सर्वोच्च संस्था फिफाले एन्फालाई निलम्बन गरेको विषयले नेपाली फुटबलमा संकट गहिरिँदै गएपछि कोशी प्रदेशका फुटबल सरोकारवालाले वर्तमान नेतृत्वको कार्यका कारण अब फुटबल जगतले निकास खोज्नुपर्ने आवश्यकता औलएका थिए ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सम्पन्न चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा वर्तमान परिस्थिति सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी पूर्व अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाडी तथा जिल्ला र प्रदेश फुटबल संघका पदाधिकारीले एन्फाको नेतृत्वका कारण नेपाली फुटबल संकटमा परेको बताएका हुन ्। उनीहरूले नेतृत्वको कार्यशैली, संस्थागत बेथिति र जिम्मेवारीप्रतिको उदासीनताले फुटबलको भविष्य अन्योलमा परेको भन्दै तत्काल निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।
ख्यातिप्राप्त नेपालका रेफ्री किरण गिरीले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नेतृत्वको स्वार्थ पूरा गर्ने माध्यम बनाइएको भन्दै अब त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । नेतृत्वमा अर्काको सल्लाह नसुन्ने र आफूले गरेको निर्णय नै अन्तिम ठान्ने प्रवृत्तिले संस्था कमजोर बनेको उहाँको भनाइ थियो ।
पूर्व राष्ट्रिय खेलाडी दिपक राईले एन्फाको निर्वाचनमा कोशी प्रदेशले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई ठूलो समर्थन दिए पनि अहिले प्रदेशले बदनामी खेप्नुपरेको बताउनुभयो । नेपाली फुटबललाई संकटबाट निकाल्न वर्तमान नेतृत्वको विकल्प खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नविन राईले फिफाको निलम्बनले नेपाली फुटबललाई वर्षौँ पछाडि धकेलेको बताउनुभयो । अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने आर्थिक सहयोग प्रभावित हुने अवस्थामा फुटबलको भविष्य जोगाउन सरोकारवाला सबैले तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले वर्तमान केन्द्रीय नेतृत्व असफल भएको टिप्पणी गर्नुभयो । आफूले कोशी प्रदेश अध्यक्ष पदबाट राजीनामा दिँदा एन्फा जोगिने र फिफाको निलम्बन फुकुवा हुने भए तत्काल राजीनामा दिन तयार रहेको उहाँको भनाइ थियो । व्यक्ति र पदभन्दा नेपाली फुटबलको भविष्य ठूलो भएकोले अब फुटबल खेललाई नेपालमा जोगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यसैबीच, एन्फाका अध्यक्ष नेम्बाङ र महासचिव राईविरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गर्न अदालतले आदेश दिएको छ । कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । यद्यपि, आरोपितमाथिको कसुर अदालतबाट प्रमाणित हुन भनेृ बाँकी छ । फिफाले भने राष्ट्रिय खेलकुद परिषद्बाट एन्फाको निर्वाचन प्रक्रियामा भएको भनिएको तेस्रो पक्षीय हस्तक्षेपलाई आधार बनाउँदै एन्फालाई निलम्बन गरेको हो । धरानको छलफलमा सहभागी सरोकारवालाले नेपाली फुटबललाई संकटबाट मुक्त गराउन सम्बन्धित निकायबीच संवाद, जिम्मेवार नेतृत्व र तत्काल ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेका छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।