बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले विरामी र सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आफूनो स्वास्थ्य सेवामा समय सापेक्ष प्रविधिमैत्री सुधारलाई निरन्तरता दिंदै आएको सर्वविदितै छ। यसे कममा प्रयोगशाला परीक्षणको रिपोर्ट संकलनका लागि आउने हजारो विरामीहरूलाई छिटो, छरितो र भन्फूटमुक्त सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रतिष्ठानले 'स्वचालित ल्याब रिपोर्ट प्रिन्टिग मेसिन' सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको सेन्ट्रल ल्यावमा जड़ान गरिएको उक्त अत्याधुनिक मेसिनको २०८३ असोज २६ गते सो मवारका दिन प्रतिष्ठानकी उपकुलपति प्रो. डा. स्मृति कार्कीज्यू र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूज्यूले संयुक्त रूपमा रिवन काटेर सो नयाँ सेवाको शुभारम्भ गर्नुभएको हो ।
यो मेसिनको प्रयोग अत्यन्त सरल र सहज बनाइएकाले सर्वसाधारणले बिना कुनै प्राविधिक कठिनाइ आफ्नो रिपोर्ट आफै निकाल्न सक्नुहुनेछ । यसका लागि सेवाग्राहीले ल्याव परीक्षण गराउँदा प्राप्त भएको बिलको बारकोडलाई मेसिनको वायाँपट्टी बत्ती वलिरहेको सेन्सर भागमा देखाउनुपर्ने हुन्छ । बारकोड स्क्यान हुनासाथ मेसिनको प्रणालीले सोभै डाटा पहिचान गरी केही सेकेन्डभित्रै ल्याब रिपोर्ट प्रिन्ट गरेर बाहिर निकालने गर्दछ।
विरामीहरुको दिनानुदिन बढ्दो चापका कारण यसअधि सेन्ट्रल ल्याव रिपोर्ट काउण्टरवाट रिपोर्ट लिनका लागि विरामी तथा वहाँका कुरुवाहरू घण्टौसम्म लामो लाइनमा वस्तुपर्ने बाध्यता रहे को थियो भने अत्याधिक भीडका कारण कर्मचारीहरुलाई पनि रिपोर्ट खोज्न र वितरण गर्न कठिनाई भइरहे को थियो । अब भने यो प्रविधि भित्रिएसँगै लामो लाइन वसी रिपोर्ट लिकाल्नु पर्दाको समयको ठुलो बचत हुनुका साथै रिपोर्ट वितरण काउन्टरमा हुने भीड़भाड़, मानवीय त्रुटि कम हुने जस्ता समस्याहरु समेत उल्लेख्य रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
प्रतिष्ठानले विरामीको चापलाई सम्बोधन गुणस्तरीय स्वास्थ्य सेवा पुऱ्याउन निरन्तर प्रविधि र पूर्वाधार विस्तार गर्दी आएको छ। अस्पताललाई कमैसँग पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत यो मेसिन जड़ान गरिएको हो, जसले दैनिक अस्पताल आउने हजारों विरामी तथा वहाँका आफन्तहरूलाई ठुलो राहत पुऱ्याउनेछ भन्ने विश्वास लिइएको छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।