one
विज्ञापन

भरुवा बन्दुकसहित १ जना तथा लागूऔषधसहित ३ जना पक्राउ.........

इलामको माईजोगमाई गाउँपालिका–४ बाट एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। असोज २४ गते माईजोगमाई गाउँपालिका–४ का ६० वर्षीय पूर्णबहादुर देवानले भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी नाम्सालिङबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेपछि देवानलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका देवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ । असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
6
विज्ञापन