one
विज्ञापन

नेपाली सेनाले बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार.........

नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशी सहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ ।
खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ ।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
4
विज्ञापन