धरान । धरान उपमहानगरपालिका–१६ स्थित सियोन स्कुल परिसरमा नागरिकको स्वास्थ्य अवस्था पहिचान गरी नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १६ को आयोजना तथा केएचडीसी नेपालको प्राविधिक सहयोगमा सोमबारदेखि सुरु भएको शिविरमा पहिलो दिनदेखि नै स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।
नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने र रोग जटिल अवस्थामा पुगेपछि मात्र उपचार खोज्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटु, मिर्गौला, कलेजो र फोक्सोको अवस्थासँगै रक्तचाप, मधुमेह, कोलेस्टेरोल तथा पिसाबमा प्रोटिनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यी परीक्षणले नसर्ने दीर्घ रोगको जोखिम समयमै पहिचान गर्न तथा सम्भावित स्वास्थ्य जटिलता रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य परीक्षणका लागि बिहानैदेखि सियोन स्कुल परिसरमा स्थानीय बासिन्दाको उपस्थिति बाक्लिएको थियो । ठूला अस्पतालमा पुग्नुपर्ने, टिकट काट्न र पालो पर्खिन लामो समय खर्चिनुपर्ने बाध्यताबीच आफ्नै टोलमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराउन पाएपछि सेवाग्राही उत्साहित देखिएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक तथा केएचडीसी अभियानका अगुवा डा. सञ्जीव शर्माले शिविरका तीनवटा मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार पहिलो उद्देश्य नागरिकलाई रोग लाग्नुअघि नै सचेत गराउनु र रोकथाममूलक स्वास्थ्य सन्देश तथा परामर्श प्रदान गर्नु हो । दोस्रो, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल तथा पिसाबमा प्रोटिन जाने समस्या भएका व्यक्तिलाई मिर्गौला विफलता, हृदयाघात र मस्तिष्क पक्षाघातजस्ता गम्भीर स्वास्थ्य समस्याबाट जोगाउनु हो । तेस्रो, यस्ता रोग वा अंगसम्बन्धी समस्या देखिइसकेका बिरामीलाई थप क्षति हुन नदिन उचित उपचार, विशेषज्ञ परामर्श र स्वास्थ्य व्यवस्थापनमा सहयोग पु¥याउनु हो ।
धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले नागरिकको स्वास्थ्य सुरक्षा गर्नु वडा कार्यालयको प्रमुख दायित्व भएकाले शिविर सञ्चालन गरिएको बताउनुभयो । अस्पतालमा जाँच गराउन जाँदा लामो समय खर्चिनुपर्ने र पालो पर्खिनुपर्ने समस्याका कारण कतिपय नागरिकले स्वास्थ्य परीक्षणलाई बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । वडाभित्रका नागरिकको वास्तविक स्वास्थ्य अवस्था पहिचान गर्ने, स्वास्थ्य समस्या देखिएमा समयमै उपचारको प्रक्रिया अघि बढाउने र जोखिममा रहेका व्यक्तिलाई चिकित्सकीय सल्लाहअनुसार खानपान तथा जीवनशैली सुधार गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । मुटु, मिर्गौला, कलेजो, फोक्सो, रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य अवस्था जाँच गर्ने सुविधा घरनजिकै उपलब्ध गराउँदा नागरिकलाई सहज हुने उहाँको विश्वास छ ।
केएचडीसी नेपालले नसर्ने तथा दीर्घ रोगको रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमै पुगेर काम गर्दै आएको छ । धरान–१६ मा सञ्चालन गरिएको एक महिने शिविरले वडाका नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन, रोगको जोखिम समयमै पहिचान गर्न र आवश्यक उपचार तथा परामर्श प्राप्त गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।