one
विज्ञापन

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धरानमा शनिबार बिहान मानसिक स्वास्थ्यसम्बन्धी सचेतना ¥याली तथा पदयात्रा ......

धरान । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धरानमा शनिबार बिहान मानसिक स्वास्थ्यसम्बन्धी सचेतना ¥याली तथा पदयात्रा आयोजना गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागले धरान उपमहानगरपालिकासँगको समन्वयमा आयोजना गरेको कार्यक्रममा मानसिक समस्या लुकाउनु कमजोरी नभएको भन्दै पीडितको कुरा सुनिदिने, उनीहरूलाई सहयोग गर्ने र आवश्यक परे समयमै उपचारको पहुँचमा पु¥याउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिष्ठानको जनरल ओपिडी (ओपीडी) परिसरबाट सुरु भएको पदयात्रा धरानको भानुचोक परिक्रमा गरी पुनः प्रतिष्ठान परिसरमा पुगेर समापन भएको थियो । पदयात्रामा चिकित्सक, आवासीय चिकित्सक, नर्सिङ कर्मचारी, मेडिकल विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले ‘जीवन्त अनुभवको सुनुवाइ ः वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने यस वर्षको मूल नारासहित मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । ‘मानसिक स्वास्थ्यबारे कुरा गर्नु कमजोरी होइन’, ‘मन स्वस्थ, जीवन स्वस्थ’ र ‘मानसिक स्वास्थ्यबिना पूर्ण स्वास्थ्य सम्भव छैन’ जस्ता सन्देशमार्फत मानसिक स्वास्थ्यप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न र समस्यामा परेका व्यक्तिलाई खुलेर आफ्ना कुरा राख्न प्रोत्साहित गरिएको थियो ।
कार्यक्रममा बीपी प्रतिष्ठानको मानसिक रोग विभागका सहप्राध्यापक तथा मनोचिकित्सक डा. मधुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिहरूको वास्तविक अनुभव र आवाज सुन्न सके मात्र उपचार सेवालाई अझ प्रभावकारी र मानवीय बनाउन सकिने बताउनुभयो । उहाँले समाजमा विद्यमान लाञ्छना र भेदभावका कारण मानसिक समस्या भएका धेरै व्यक्तिले खुलेर आफ्ना कुरा राख्न नसक्ने र यसले समस्या जटिल बन्न सक्ने उल्लेख गर्नुभयो ।
मानसिक स्वास्थ्यप्रतिको नकारात्मक धारणा हटाउन र समस्यामा परेका व्यक्तिलाई सहयोगको वातावरण बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थिया े। डा. बस्नेतले बीपी प्रतिष्ठानले विगत दुई वर्षदेखि विद्यार्थी तथा कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि ‘फिजिकल एन्ड मेन्टल वेलबिइङ युनिट’ सञ्चालन गर्दै आएको जानकारीसमेत दिनुभयो ।

यसैगरी, प्रतिष्ठानको मानसिक रोग विभागका प्रमुख तथा वरिष्ठ मनोचिकित्सक प्रा. डा. धनरत्न शाक्यले मानसिक समस्या भोगिरहेका व्यक्तिलाई आफ्ना भावना र पीडा निर्धक्क व्यक्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । परिवार तथा समाजले उनीहरूको कुरा धैर्यपूर्वक सुनिदिने र आवश्यक सहयोग गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मानसिक स्वास्थ्य समस्यालाई कमजोरीका रूपमा हेर्ने सामाजिक सोच परिवर्तन गर्न, पीडित व्यक्तिको अनुभवलाई महत्त्व दिन र आवश्यक उपचार तथा परामर्श लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यकै अभिन्न अंगका रूपमा स्वीकार गर्दै परिवार, समुदाय र स्वास्थ्य संस्थाबीच सहकार्य बढाउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
4
विज्ञापन