धरान
चाडपर्वको उल्लास सुरु भएसँगै सबैका घर–आँगनमा नयाँ कपडा र मीठो–मसिनोको जोहो भइरहँदा धरान उपमहानगरपालिका–५ देउराली (ठिङ्गाबारी) क्षेत्रका विपन्न बस्तीमा भने आर्थिक अभावका कारण दशैंको उमङ्ग भित्रिन सकेको थिएन । तर, सामाजिक कार्यमा सक्रिय क्लोथ फाउन्डेशन धरानले विपन्न बालबालिका तथा ज्येष्ठ नागरिकको मुहारमा खुसी ल्याउँदै दशैंको रौनक थपिदिएको छ ।
फाउन्डेशनले धरान–५ ठिङ्गाबारीस्थित जनता आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई दशैंको नयाँ पोशाक तथा ६० जना ज्येष्ठ नागरिकलाई जाडोमा प्रयोग गर्न न्यानो कपडा वितरण गरेको हो ।
ठिङ्गाबारी क्षेत्रमा बाक्लो सुकुम्बासी बस्ती रहेको छ । यहाँका अधिकांश अभिभावक दैनिक ज्यालादारी, मजदुरी तथा न्यून आयमा निर्भर छन् । दैनिक छाक टार्नै धौधौ पर्ने परिवारका बालबालिका तथा ज्येष्ठ नागरिकका लागि दशैंमा एकजोर नयाँ कपडा लगाउन पाउनु पनि सपनाजस्तै हुने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै क्लोथ फाउन्डेशनले विद्यालय परिसरमै पुगेर बालबालिकालाई नयाँ पोशाक तथा चिसो मौसम नजिकिँदै गर्दा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको हो ।
नयाँ लुगा पाएपछि बालबालिकाको मुहारमा देखिएको खुसी र उत्साहले विद्यालय परिसर नै उल्लासमय बनेको थियो । आफ्नै नापअनुसारका रङ्गीविरङ्गी टिसर्ट, सर्ट तथा पाइन्ट पाएपछि उनीहरू एकअर्कालाई लुगा देखाउँदै रमाइरहेका थिए । विद्यालयको दोस्रो तलाको बार्दलीबाट हात जोडेर ‘नमस्ते’ गर्दै उनीहरूले सहयोगी हातहरूप्रति आभारसमेत व्यक्त गरेका थिए । उनीहरुले दशैमा नया लुगा पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक रीता पोख्रेलले फाउन्डेशनबाट नयाँ कपडा पाउने भएपछि विद्यार्थीहरू लामो समयदेखि प्रतीक्षामा रहेको बताउनुभयो । प्राविधिक कारणले यसअघि तोकिएको मितिमा कपडा वितरण हुन नसक्दा विद्यार्थीहरू निराश बनेको स्मरण गर्दै उहााले नयाँ कपडा पाएपछि उनीहरूको खुसीको सीमा नरहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले विपन्न बस्तीमा क्लोथ फाउन्डेशनले निरन्तर पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयोे । उहााले वडा समिति, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था तथा स्थानीय ज्येष्ठ नागरिकका तर्फबाट फाउन्डेशनलाई धन्यवाद दिँदै परोपकारी कार्यको निरन्तरताको कामना गर्नुभयो ।
कार्यक्रममा ६० जना ज्येष्ठ नागरिकलाई चिसोबाट जोगिन मद्दत पुग्ने स्विटर, ज्याकेटलगायतका न्यानो कपडा वितरण गरिएको थियो । हातमा न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै सहयोगी हातहरूलाई दीर्घायु, सुख र प्रगतिको आशीर्वाद दिएका थिए ।
चाडपर्वमा हुने अनावश्यक खर्च कटौती गरी अभावमा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकसम्म पुगेर खुसी बाँड्ने फाउन्डेशनको अभियान अनुकरणीय रहेको छ । यस्ता सामाजिक अभियानले विपन्न परिवारमा चाडपर्वको अनुभूति मात्र नभई समाजमा आपसी सहयोग, सद्भाव र मानवीयताको भावना पनि बलियो बनाउने आधार समेत बनेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।