लेटाड नगरपालिका वडा नं. ७ वाराङ्गी कोलाघारी स्थित ऐ.ऐ. बस्ने पुर्ण लावती लिम्बुले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, लेटाडबाट प्रहरी टोली खटिई गई कानून बमोजिम निजको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको तयारी अवस्थाको भरुवा बन्दुक थान १, दबासवाला बन्दुक थान १, हातहतियार निर्माण गर्ने आरन र भरुवा बन्दुकमा प्रयोग हुने बिभिन्न पार्टपुर्जाहरु समेत फेला पारी बरामद गरी निज बर्ष ४५ को पूर्ण लावती लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, लेटाडमा ल्याई थप अनुसन्धान कार्य भइरहेको लेटाड प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।