one
विज्ञापन

भन्सार छलीका अवैध कपडाहरू बरामद र अबैध WATER MELON SEEDS नियन्त्रणमा..........

Article Image

विराटनगर,
मोरङको बुढीगंगा गाँउपालिका–२ नहर छेउ स्थितबाट बेवारिसे अवस्थामा भन्सार छलीका अवैध कपडाहरू बरामद गरिएको छ । असोज १९ गते दिउसो प्रादेशिक अनुसन्धान समुह, विराटनगरबाट खटिएको प्रहरी टोलीले नहर छेउमा भन्सार छली अवैध रुपमा ल्याएका करिव ४ लाख रुपैया मुल्य वरावरको बेवारिसे अवस्थामा रहेको बिभिन्न प्रकारका लत्ता कपडाहरू बरामद गरेको छ । बरामद भएका लत्ताकपडाहरु आवश्यक कानूनी कारवाहीको लागी विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय सितागंज र ट्राफिक प्रहरी पोष्ट दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी बर्जु गाँउपालिका वडा नं. ०२ केशलिया खोला स्थित विराटनगर देवानगंज सड़क खण्डमा सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएको ३८ बोरा १५२० (एक हजार पाँच सय बिस) किलोग्राम अन्दाजी मूल्य रु १५,२०,०००।– (पन्ध्र लाख बीस हजार) बराबरको WATER MELON SEEDS नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा ल्याई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
2
विज्ञापन