धरान १६ स्थित सिद्धार्थ शिशु सदनमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी “मोटिभेसनल तथा मेमोरी पावर अभिवृद्धि” कार्यक्रम अत्यन्त प्रभावकारी रूपमा सम्पन्न भएको छ ।
करिब तीन घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो स्मरणशक्ति अभिवृद्धि गर्ने उपायसँगै जीवनमा सकारात्मक सोच, आत्मविश्वास, अनुशासन, दृढ संकल्प र सफल भविष्य निर्माणका विषयमा प्रेरणादायी मार्गदर्शन प्रदान गरिएको थियो ।
कार्यक्रममा शिशु सदनका निर्देशक श्री विकाश सोनीज्यूको उपस्थितिमा कार्यक्रमको उद्घाटन सीता मैनालीज्यूले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रसिद्ध लेखक टंक भण्डारीज्यूले गर्नुभएको थियो ।
कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विद्यार्थीहरूले आफूभित्र सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्प गर्नु थियो । विद्यार्थीहरूले आजैदेखि आफ्ना आमा–बुवाका कुरा सुन्ने, शिक्षकहरूको सम्मान गर्दै उनीहरूको मार्गदर्शनलाई आत्मसात् गर्ने, असल र जिम्मेवार नागरिक बन्ने तथा भविष्यमा सच्चा देशभक्त बन्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा केवल किताबका पानामा सीमित हुँदैन; शिक्षा भनेको असल सोच, असल व्यवहार, अनुशासन, जिम्मेवारी र मानवता विकास गर्नु पनि हो भन्ने सन्देश यस कार्यक्रमले विद्यार्थीहरूमा प्रभावकारी रूपमा पु¥याएको छ ।
विद्यार्थीहरूको उत्साह, एकाग्रता र अन्त्यमा गरिएको दृढ संकल्पले कार्यक्रमलाई अझ अर्थपूर्ण र स्मरणीय बनाएको छ । आजको प्रेरणा नै भोलिको सफल जीवनको आधार बन्न सक्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।