one
विज्ञापन

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी संखुवासभाको निरीक्षण र स्थानीय बासी तथा नागरिक समाजहरुसंग भेटघाट तथा अन्तरक्रिया.......

Article Image
Article Image
Article Image

विराटनगर,
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज १९ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पूर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले पहाडी भेगका दुर्गम गाउँ र बस्तीहरुमा रहेका नागरिकहरुलाई सहज र सुलभ तरिकाले प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । नियमितरुपमा प्रहरी गस्ती परिचालन गरी नागरिकको पिरमार्का तथा गुनासाहरुलाई सुनुवाई गर्न र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकमा सचेतना अभिबृद्धि गर्न समेत निर्देशन दिनु भएको छ । यसै गरी उहाँले नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित र हर्षोल्लासमय बनाउन आवश्यकता अनुसार प्रहरी जनशक्ति परिचालन गर्न, यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनु भएको छ ।

प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर कार्य गर्न, कार्यसम्पादन सम्झौता तथा अटोमेसनमा उल्लेखित बुँदाहरूमा केन्द्रित रहि प्रहरी कार्य गर्न, प्रहरी संगठनप्रतिको नागरिकको विश्वास कायम राख्न, व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिन, यसै गरी फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्धाको फर्छौट तथा बढ्दै गएको लागू औषधको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।

वर्तमान समयमा समाजमा बढ्दै गएका अपराध तथा सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न पूर्व प्रहरी कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेकोले अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदान प्रदानमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जिल्लाको समग्र शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा असोज १९ गते जिल्ला प्रहरी कार्यालय संखुवासभा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्लाका स्थानीय बासीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा स्थानीय बासीहरुले प्रदेश प्रहरी प्रमुख खनाल समक्ष जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो । उहाँले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ, विश्वासिलो र सहकार्यात्मक बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया अत्यन्त महत्वपूर्ण रहेको बताउनुका साथै नागरिकका वास्तविक समस्या, गुनासा तथा अपेक्षाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।



पूर्व प्रहरी कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया

संखुवासभा, असोज १९ गते ।

निरीक्षण भ्रमणका क्रममा संखुवासभा पुग्नुभएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले संखुवासभा जिल्लाका पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो सेवा अवधिका अनुभव, जिल्लाको शान्ति–सुरक्षासँग सम्बन्धित विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख खनालले पुर्व प्रहरी कर्मचारीहरुले प्रहरी संगठनमा कार्यरत रहँदा राष्ट्र, समाज र नागरिकको सुरक्षामा पुर्‍याउनु भएको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूका अनुभव, सुझाव र रचनात्मक भूमिकालाई प्रहरी संगठनको हितमा उपयोग गर्दै अघि बढ्ने बताउनुभयो । साथै उहाँले भेटघाट तथा अन्तरक्रियाले पूर्व प्रहरी कर्मचारी र बहालवाला प्रहरीबीचको आत्मीयता, सहकार्य र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
6
विज्ञापन