जिल्ला सुनसरी ईनरूवा नगरपालिका वडा नं. ०३ सखुवागाछी चोक स्थित अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरी र ट्राफिक प्रहरी कार्यालय ईनरूवा सुनसरी बाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिड टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दागोपीले छोपी त्यसको भित्रपट्टी लागू औषध गाँजा जस्तो देखिने पदार्थ ८३ वटा बोरा फेला पारी तत्कालै नियन्त्रणमा लिई उक्त गाँजा जस्तो पदार्थ तौल गर्दा जम्मा २५६६.५६ किलो (दुई हजार पाँच सय छैसठी किलो पाँच सय साठी ग्राम) रहेको, देहायका स्थानमा बस्ने सो ट्रकका चालक र सह–चालक सहित उक्त लागू औषध गाँजा र ट्रक समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टा बस्ने वर्ष ४५ को गेलु शेर्पाले आफने घरमा प्रतिबन्धित चिठ्ठा राखी बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले निज गेलु शेर्पालाई नियन्त्रणमा लिई निजके घरमा रीतपूर्वक खानतलासी गर्दा "Royal" लेखिएको भारतीय चिठ्ठा थान–१३ बुड (प्रति बुड १०० पिसका दरले जम्मा १३०० थान) र नेपाली नगद रुपैयाँ १००० दरको नोट १८ थान गरी रु. १८,०००÷–, ५०० दरको नोट २४ थान गरी रु. १२,०००÷–, १०० दरको नोट ६१ थान गरी रु. ६,१००÷– २ ५० दरको नोट ८ थान गरी रु. ४००÷– गरी जम्मा रु. ३६,५००÷– (छत्तीस हजार पाँच सय) नगद बरामद गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।