विराटनगर,
झापा, सुनसरी र पाँचथरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते सुनसरीको हरिनगरा गाउँपालिका– ७ स्थित बाँसघारीमा बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागू औषध गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त् र प्रहरी चौकी घुस्कीहाटले बरामद गरेको हो । त्यस्तै झापाको बिर्तामोड– ४ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीले प्र.१–०१–००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका– ४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जीलाई ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका– १ बाट ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट सहित बेचबिखनमा संलग्न हिलिहाङ गाउँपालिका– ७ का उज्वल तिम्सिना र ३ जना बलाकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसतै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १६ गते मोरङबाट २३ जना, झापाबाट २ जना, सुनसरीबाट ३ जना, इलामबाट १ र भोजपुरबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १० वर्ष १ महिना २२ दिन कैद सजाय र ४ लाख ३८ हजार १६९ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।