one
विज्ञापन

बिभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरु पक्राउ र लागू औषध सहित ७ जना पक्राउ.........

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १५ गते झापाबाट ४ जना, मोरङबाट १ जना र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय र १२ हजार जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।
त्यसतै झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । असोज १५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–११ का राजु बि.क.लाई १ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले विराटनगर–१३ बाट प्र.१–०२–०५० प ६०७६ नम्बरको स्कुटर चालक केराबारी गाउँपालिका– ७ का बिश्वास चेम्जोङलाई ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर– १६ बाट काभ्रेपलान्चोक पाँचखाल नगरपालिका– ६ का सरोज तिवारीलाई २३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र विराटनगर– १५ बाट सुन्दरहरैंचा नगरपालिका–८ का सरोज आचार्यलाई ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा सुनसरीको वडा प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् ले इटहरी– ५ का अञ्जन कुमार चौधरीलाई ३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरका जितेन मरिक र गणेश मलिकलाई प्रतिबन्धित औषधी नाईट्राजेपाम ७८ ट्याब्लेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
0
विज्ञापन