अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ०६ शुक्रबारे स्थितबाट भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मुल्य रू १,८०,०००÷– (एक लाख असी हजार) बराबरको पूजा सामग्रीहरु बरामद गरी आवश्यक कारवाही को लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
त्यस्तै झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–५ स्थितबाट दमक–८ का २५ वर्षिय सुधिर शर्मालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित, दमक–४ का ३३ वर्षिय अनित राईलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी गरामनिले विर्तामोड नगरपालिका–८ का २९ वर्षिय यादन बि.क र सिन्धुपाल्चोक बागमती नगरपालिका–१० का ३३ वर्षिय सविन गोलेलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप–महानगरपालिका–१६ का ३५ वर्षिय निकेश रितेश तामाङलाई ट्रामोडोल– १०० क्याप्सुल प्रतिबन्धित औषधि सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
साथै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १२ गते झापाबाट ३ जना, मोरङबाट २ जना र सुनसरीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट १० वर्ष ५ महिना २६ दिन कैद सजाय र ३ लाख ३० हजार ५ सय जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका–२ स्थितबाट २१ बुङ्ग तास र नगद २ लाख ३६ हजार २५० रुपैयाँ सहित तास खेल्ने ६ जना र खेल हेर्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज १३ गते इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले चौबिसे–२ डाँडागाउ स्थित दिपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका इमा मगर, राजेन्द्र मगर, चौबिसे–६ का गुणराज राई, लेख बहादुर लिम्बु, योगेन लिम्बु र चौबिसे–७ का राम चेम्जोङलाई पक्राउ गरेको छ भने तास खेल हेर्ने चौबिसे–२ का सुमन मगर, समिर मगर, प्रजल मगर, प्रदिप मगर, बिशाल मगर र चौबिसे–६ का धिरेन चेम्जोङलाई पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।