धरान । धरानमा सम्पन्न ‘कोशी प्रदेश राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ को उपाधि धरानका सन्दिप बोगटीले जित्नुभएको छ । स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजित प्रतियोगितामा ५ जना ओभरअल फाइनलिस्टलाई पछि पार्दै बोगटी च्याम्पियन बन्नुभएको हो ।
असोज १० र ११ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सम्पन्न प्रतियोगितामा धरान फिटनेस क्लबका बोगटीले ७५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै उपाधिसहित नगद ३ लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
उर्लाबारीका निरज बहादुर गिरी दोस्रो हुँदै नगद २ लाख रुपैयाँ प्राप्त गर्नुभयो भने धरानका मनिष लिम्बू तेस्रो हुँदै १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । झापाका योगेन्द्र अधिकारी चौथो, इटहरीका सौरभ थापा मगर पाँचौँ तथा मोरङका सुरेन्द्र कुमार सुब्बा छैटौँ हुनुभयो । उहाँहरूले क्रमशः ७५ हजार, ५० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । विभिन्न तौल समूहका उपविजेता, बेस्ट पोजर र मोस्ट मस्कुलर विधाका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
बडीबिल्डिङ तथा भारोत्तोलनका शिखर व्यक्तित्व, एसियन ट्रयाक एन्ड फिल्डका स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय निर्णायक स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै धरान बडीबिल्डिङ संघका अध्यक्ष विकास भाटीले स्वर्गीय राजभगत प्रधानाङ्गले परिकल्पना गर्नुभएको प्रदेशस्तरीय ‘मिस्टर स्टेट’ को अधुरो सपनालाई साकार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले राजभगत प्रधानाङ्गको स्मृति, सपना र बडीबिल्डिङ क्षेत्रसँग सम्बन्धित सबैको साझा भिजनका रूपमा ‘राजभगत क्लासिक’ अघि बढाइएको बताउनुभयो ।
समापन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बडीबिल्डिङ अत्यन्तै मिहिनेतपूर्ण र खर्चिलो खेल विधा भएको बताउँदै प्रतियोगितालाई निरन्तरता दिन प्रदेश सरकारका तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
मुख्यमन्त्री कार्कीले बडीबिल्डिङको छनोट तथा मूल्याङ्कन प्रक्रिया प्रत्यक्ष हेर्न पाउँदा नयाँ र गौरवपूर्ण अनुभूति भएको बताउनुभयो ।
प्रतियोगितामा स्वर्गीय प्रधानाङ्गकी धर्मपत्नी, छोरा–बुहारी तथा छोरीहरूसहित परिवारजनको समेत उपस्थिति रहेको थियो । प्रतियोगिताले पूर्वी नेपालका बडीबिल्डिङ खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धाको मञ्च प्रदान गर्नुका साथै स्वर्गीय राजभगत प्रधानाङ्गको प्रदेशस्तरीय बडीबिल्डिङ प्रतियोगिताको सपनालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।