धरान । शहरको कोलाहलभन्दा प्राकृतिक सौन्दर्यमा रमाउने, टिकटक बनाउने युवा युवतीको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । नयाँ ठाउँ जाने, नयाँ प्राकृति स्थलमा घुम्न जाने, घुम्न जाँदा टिकटक बनाउने कार्य बढ्ै जाँदा त्यस ठाउको प्रचारप्रसारसँगै आन्तरिक पर्यटकको आगमनमा समेत बृद्धि हुने गरेको छ । यसको प्रत्यक्ष उदाहरण बनेको छ, सर्दुर र सेउती करिडोरमा पर्ने सेताम्बे फुलेका शिरुघारी ।
शरद ऋतुको आगमनसँगै सर्दु करिडोरमा पर्ने धरान चतरा जाने सडकमा र मोरङको केराबारी गाउँपालिकास्थित सेउती करिडोर अहिले सेताम्मे शिरु फूलले ढकमक्क भएको छ । चुरे पहाडको फेदी र खोला किनारमा फुलेका शिरुका सेता घारीले प्राकृतिक सौन्दर्य थपेपछि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ ।
खोलाको बगरदेखि चुरे पहाडको फेदीसम्म सेताम्मे भएर फुलेका शिरुका घारीको दृश्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । यही प्राकृतिक सौन्दर्यमा रमाउन, तस्बिर खिच्न, टिकटक तथा फेसबुक रिल्स बनाउन र केही समय व्यस्त दैनिकीबाट टाढिएर रिफ्रेस हुन धरान, इटहरी, विराटनगरलगायत आसपासका क्षेत्रबाट आन्तरिक पर्यटक यस स्थानमा पुग्न थालेका छन् ।
धरान–१६ की गीता गौतम पनि सर्दु करिडोरको शिरु घारीमा तस्बिर खिच्दै र वरपरको दृश्य नियाल्दै गरेको अवस्थामा भेटिनुभयो । चुरे पहाड र सेताम्मे शिरुको संयोजन आफूलाई निकै आकर्षक लागेको उहाले बताउनुभयो ।
सामाजिक सञ्जालमा सर्दु करिडोरको शिरु घारीका तस्बिर तथा भिडियो देखेपछि पनि धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । धरान–१६ की विनुका सापकोटा साथीहरूसँग टिकटक र फेसबुकमा भिडियो हेरेपछि यस ठाउँमा घुम्न आएको बताउनुहुन्छ ।
शरद ऋतुमा विशेष रूपमा देखिने शिरुको मौसमी सौन्दर्य हेर्न पहिलोपटक सर्दु करिडोर अन्तर्गत धरान चतरा सडक खण्डमा पुग्नु भएकी धरान–११ कल्याणचौककी शोभा राई पनि प्राकृतिक दृश्यबाट प्रभावित हुनु भयो । सामाजिक सञ्जालमा शिरु फुलेको दृश्य देख्दै आए पनि प्रत्यक्ष हेर्दा अझ आकर्षक लागेको उहाँको अनुभव छ ।
शिरु फूलले प्राकृतिक सौन्दर्य मात्र थपेको छ । नदी उकास क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने शिरु तथा काँसजस्ता वनस्पतिले माटो बग्ने क्रम नियन्त्रण गर्न सहयोग पु¥याउने भएकाले यस्ता वनस्पति वातावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् । सर्दु करिडोरको सडक पहुँच विस्तार र सामाजिक सञ्जालमार्फत यसको प्राकृतिक सौन्दर्यको प्रचार बढेसँगै मौसमी रूपमा यहाँ आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्न थालेको स्थानीयको भनाइ छ । विशेषगरी शरद ऋतुमा फुल्ने शिरु घारीले यस क्षेत्रलाई छोटो दूरीको घुमघामका लागि आकर्षक बनाएको छ ।
धरानबाट करिब १० देखि १२ किमीको दूरीमा पर्ने यो शिरु घारीको स्थानीय तह र सरोकारवालाले यस्ता प्राकृतिक क्षेत्रको संरक्षणसँगै सरसफाइ, सुरक्षित विश्रामस्थल, व्यवस्थित पार्किङ र पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनमा ध्यान दिन सके सर्दु करिडोरलाई दिगो ग्रामीण तथा इको–पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।