जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ आयल निगम स्थित सड़कमा प्रहरी चौकी बरगाछीले खड़ा गरेको आकस्मिक प्रहरी चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा इटहरीबाट विराटनगर तर्फ आउदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाड़ीले चेकीड टोलीलाई देखि गाडीलाई यु टर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ न. को कारलाई ठक्कर दिई दुर्घटना हुँदा तत्काल प्रहरी चेकीड टोलीले उक्त स्कार्पियो गाड़ी भित्र खोली हेर्दा गाड़ी भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा १३ पोकामा ३९८ के.जी रहेको र तत्काल स्कार्पियो चालक फरार रेहेको, स्कार्पियो चालकको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको, बाग्मती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कार चालकको अवस्था सामन्य रहेको कुनै पनि मानवीय क्षति नभएको, दुबै सवारी साधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गरि
जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं. ०६ जिरोग्वा नहर स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मुल्य रू ४,३६,०००÷– (चार लाख छत्तीस हजार) बराबरको भन्सार छलीका लता कपड़ा तथा कस्मेटिक सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा ल्याई राखिएको जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।