विराटनगर,
झापा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।
असोज ९ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२का २६ वर्षिय सरोज थापा मगरलाई ६ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी जलथलले अर्जुनधारा नगरपालिका-८ का २७ वर्षिय महमत सुलेमानलाई २ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुरको बेलका नगरपालिका-९ स्थितबाट इलाका प्रहरी कार्यालय रामपुरले सोही स्थानका ३२ वर्षिय युवराज राईलाई १२ किलोग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।
त्यसैगरी विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ९ गते झापाबाट ४ जना र मोरङबाट २ जना पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट २२ महिना २६ दिन कैद सजाय र ५४ हजार ६ सय १५ रुपैयाँ ३४ पैसा जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।