धरान । लगातारको वर्षासँगै पहाडी तथा तराईका उत्पादन क्षेत्रबाट तरकारीको आपूर्ति प्रभावित भएपछि धरानमा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । वर्षाका कारण ग्रामीण सडकमा पहिरो जाने, सडक हिलाम्मे हुने तथा तराईका खेतीयोग्य क्षेत्रमा पानी जम्ने समस्या देखिएपछि बजारमा तरकारीको अभाव भएपछि मूल्य बढेको हो ।
धरान–३ स्थित पालिका तरकारी बजार, धरान–२ नयाँ बजार तथा अन्य खुद्रा बजारमा पुग्दा उपभोक्ताले तरकारीको मूल्य बढ्नुका साथै ताजा तरकारीसमेत सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । बजारमा खरिदका लागि पुगेका उपभोक्ताहरुले सब्जीको भाउ आकासिउको बताएका छन् । केही दिनअघिसम्म ३० देखि ५० रुपैयाँ प्रतिकिलोमा पाइने प्याज अहिले ११० देखि १२० रुपैयाँसम्म पुगेको , गोलभेँडाको मूल्य पनि ४०–५० रुपैयाँबाट बढेर ८०–९० रुपैयाँसम्म पुगेको उपभोक्ताहरु बताउँछन् । बर्षादका कारण मूल्य बढेर खरिद गर्न नसकिने अवस्थामा पुगेको उनीहरुको भनाई छ ।
धरान कृषि उपज बजारमा तरकारी पर्याप्त मात्रामा नआउनुमा लगातारको वर्षासँगै पहाडी सडकमा देखिएको समस्या प्रमुख कारण बनेको व्यवसायीहरू बताउँछन् । धरानमा हरियो तरकारीको ठूलो हिस्सा धनकुटा, तेह्रथुम र संखुवासभाका विभिन्न उत्पादन क्षेत्रबाट आउने गरेको छ । धनकुटाको राजारानी, डाँडाबजार, ओख्रे, नाम्जे, हिले तथा सिधुवालगायत क्षेत्रबाट आउने भए पनि ढुवानीमा समस्या भएपछि नियमित रूपमा बजारसम्म आइपुग्न सकेको छैन ।
धरानमा तराईका उत्पादन क्षेत्रबाट आउने तरकारीको आपूर्ति पनि वर्षाका कारण प्रभावित भएको छ । सुनसरीका इनरुवा, भोक्राहा, मोरङका विराटचोक तथा रंगेली र झापालगायत क्षेत्रबाट आउने हरियो खुर्सानी, भिन्डी, बोडी, परवरलगायतका तरकारी खेतीयोग्य जमिनमा पानी जम्दा उत्पादन तथा संकलनमा असर परेको व्यवसायीहरू बताउँछन् । तरकारीसँगै भारतबाट आयात हुने प्याजको आपूर्तिमा समेत कमी आएको व्यवसायीहरूको भनाइ छ । धरान–२ नयाँ बजारका एक व्यापारीका अनुसार प्याजको मूल्य अहिले ११० देखि १२० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । लगातारको बर्षाका कारण पर्याप्त सब्जी नआउँदा अभावका कारण मूल्य बढेको व्यापारीहरु बताउँछन् ।
लगातारको वर्षा अझै जारी रहेमा उत्पादन, संकलन र ढुवानी तीनवटै क्षेत्रमा थप असर पर्न सक्ने भएकाले आगामी दिनमा धरानको तरकारी बजारमा आपूर्ति र मूल्यको अवस्था कस्तो रहन्छ भन्ने विषयमा उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।