one
विज्ञापन

व्यवसायिक ईन्जिनिर पेशासँगै देश र समाजका लागि स्वयंसेवा गर्न सधै अग्रसर हुनुपर्छ .......

विराटनगर ,
मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति डा सुवासश्री पोखरेलले ईन्जिनियरिङ विषय पढने विद्यार्थीहरुले आफनो व्यवसायिक दक्षतासँगै संकटको समयमा देश र समाजका लागि स्वयंसेवा गर्न सधै तत्पर रहनुपर्नेमा जोड दिएका छन ।
स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिकल ईन्जिनियरिङ चार बर्षै स्नातक तहमा भर्ना भएका २०८३ समुहका विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्दै उपकुलपति पोखरेलले मनमोहन विश्वविद्यालयले व्यवसायिक दक्षतामा मात्र नभएर समाजिक उत्तरदायित्वमा पनि सधै अग्रसर हुने दक्ष ईन्जिनियर उत्पादनमा जोड दिइरहेको बताएका हुन ।
बुधबार आयोजना भएको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बोल्दै डा पोखरेलले नयाँ र अरुभन्दा फरक पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पहिलो समुहबाट ईन्जिनियरिङ काउन्सिलको परिक्षा दिने १७ जना मध्ये १५ जना पास भएर व्यवसायीक ईन्जिनिर बन्न सफल भएको जानकारी गराए ।
उपकुलपति पोखरेलका अनुसार ईन्जिनियरिङ स्कुल मनोहन प्राविधिक विश्वविद्यालयको जग भएकोले यसलाई अझै अगाडी बढाउन विद्यार्थी, शिक्षक , पदाधिकारी सबैले प्रयास गर्नपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा उत्प्रेरक वक्त्ता डा सुदन झाले विदेशको भन्दा भुगोलको अवस्था र हावापानी बुझेको पढाई मात्र देशका लागि फलदारी हुन्छ भने । डा झाले ईन्जिनियरिङ पढने विद्यार्थी आफै सृजनाको मुहान भएकोले कोठामा बसेर हैन सधै फिल्डमा अग्रसर हुने वानीको विकास गर्न विद्याथीृहरुलाई आग्रह गरे । डा झाले विद्यार्थीहरुलाई भने , ईन्जिनियर पढको छु म सनोतिनो काम गर्दिन भनेर हुदैन । घर समाजमा दैनिक आइपर्ने साना ठूला समस्याहरु पनि आफै समाधान गर्नसक्ने दक्षता भएको ईन्जिनियर भयौ भने आत्मनिर्भर ईन्जिनियर बन्न सकिन्छ ।’
विश्विद्यालयका रजिष्टार डा किशोर अधिकारीले स्थापनाको छोटो समयमै आफनो गुणस्तरको सन्देश दिन सफल मनमोहन प्राविधिक विश्वविद्यालयलाई अब दिगो पहिचान दिलाउने जिम्मा विद्यार्थीहरुकै हातमा भएकोले पढाई सकेपछि हेपिने हैन सबैले कदर गर्ने ईन्जिनियर बन्ने अठोट लिन आग्रह गरे । रजिष्टार अधिकारीले ईन्जिनियर पढने विद्यार्थीहरु सधै अनुशासनिक , जिज्ञासु , साहसी र नैतिकवान हुनुपर्नेमा जोड दिए ।
ईन्जिनियरिंङग क्याम्पस धरानका उपप्रध्यापक काजीराम कार्कीले सफल ईन्जिनियरहरुमा सधै सकारात्मक बृद्धि हुनुपर्ने र भौतिक निर्माण कार्य मात्र आफनो काम हो भन्ने बुझन नहुने बताए । ज्ञानसँगै शीप र असल विचार भएमात्र सफल ईन्जिनियर बन्न सकिन्छ भने । उप्रध्यापक कार्कीले भने ‘ अबको ईन्जिनियरिङंगको व्यवसायिकता पढेको छु भनेर मात्र पुग्दैन ईमान्दार बनेर असल पनि बन्नसक्नुपर्छ ।’
विश्वबिद्यालयको स्कुल अझ ईन्जिनियरिङंगका डीन डा रेखा श्रेष्ठले कडा परिश्रमसँगै अनुसाशित बनेर समयमा सही निर्णय लिन सक्ने क्षमता सफल ईन्जिनियरमा हुनुपर्ने भन्दै अन्तराष्ट्रिय बजारका लागि समेत दक्ष ईन्जिनियर उत्पादनका गर्ने मनमोहनको लक्ष्य रहेको बताइन । उनले मनमोहनमाबाट उत्तीर्ण भएका ईन्जिनियरहरुले कहिल्यै कामनलाग्ने भनेर हेपिन नपर्ने दाबी गरिन । डीन रेखाले भनिन , ‘हेपीने भनेकै काम नलाग्ने भएर हो । तर मनमोहनमा पढेका विद्यार्थीहरुले देश विदेश कहिँपनि हेपिनुपर्ने छैन ।’
विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले मनमाहेन प्राविधिक विश्वविद्यालय लाई अरु भन्दा फरक र गुणस्तरिय बनाउने कार्यमा आफु पनि सधै अग्रसर भएर लागिपरिरहेकोले ढुक्क भएर अध्यन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।
परिक्षा विज्ञ ईन्जिनियर युवराज चौधरीले समयमै परीक्षा विश्वबिद्यालयले कहिल्यै सम्झौता नगर्नै भएकोले पढाईमा हेलचेक्रयाई नगर्न विद्यार्थीहरुलाई आग्ह गरे ।
कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहलिो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल स्कुल अफ ईन्जिनियरिङंग , स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल र स्कुल अफ मेडिसिन एण्ड एप्लाईड हेल्थ साईन्स गरि तीनवटा स्कुल सञ्चालनमा छन । हाल यो विश्वविद्यालयमा सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोण्निक्स , अस्प्ताल व्यवस्थापन , औषधी विज्ञान र कानुन विषय स्नातक र स्नातोकोत्तर तहमा पठनपाठन भैरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
2
विज्ञापन