one
विज्ञापन

कलवार सेवा समिति धरान, सुनसरीले श्री बलभद्र भगवान् तथा सहस्रबाहु अर्जुन भगवानको चौथो पूजनोत्सव धार्मिक तथा सांस्कृतिक उत्साहका साथ सम्पन्न....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । सबैका आ आफ्ना धर्म संस्कृति र संस्कार हुन्छन् । पछिल्लो समय यस्ता धार्मिक संस्कार सँस्कृति नयाँ पुस्ताले बिर्सदै गएको अवस्थामा कलवार समुदायले पुस्ताहस्तान्तरणसँगै धर्मलाई मानवीय सेवामा समर्पित गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै श्री भलभद्र भगवान ता सहस्रवाह अर्जुन भगवानको चौथो पुनजोत्सव धार्मिक तथा सँस्कृति उत्साहका साथ मनाएका छन् ।

कलवार सेवा समिति धरान, सुनसरीले श्री बलभद्र भगवान् तथा सहस्रबाहु अर्जुन भगवानको चौथो पूजनोत्सव धार्मिक तथा सांस्कृतिक उत्साहका साथ सम्पन्न गरेको छ । पूजनोत्सवले धार्मिक आस्थासँगै कलवार समुदायको एकता, संस्कार, संस्कृति र सामाजिक सेवाको भावनालाई जोड दिएको छ ।
धर्मलाई केवल पूजाआजा र धार्मिक अनुष्ठानमा सीमित नराखी समाजसेवासँग जोड्नुपर्ने सन्देशसहित कलवार सेवा समिति धरानले भगवान् बलभद्र तथा सहस्रबाहु अर्जुन भगवान्को चौथो पूजनोत्सव सम्पन्न गरेको हो ।
पूजनोत्सवमा कलवार सेवा समिति धरानका उपाध्यक्ष मिथलेस चौधरीले आधुनिक शिक्षा, प्रविधि र जीवनशैलीलाई आत्मसात् गरे पनि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति, परम्परा र पुख्र्यौली संस्कार बिर्सन नहुने बताउनुभयो ।

पूजनोत्सवमा नेपाल कलवार कल्याण महासंघका केन्द्रीय अध्यक्ष इन्जिनियर रामचन्द्र साहले आर्थिक रूपमा सक्षम हुँदै गएका समुदायका सदस्यले आफ्नो आम्दानीको केही हिस्सा सामाजिक सेवा, दीनदुःखीको सहयोग र धर्मकार्यमा लगाउनुपर्ने बताउनुभयो । कमाइको १० प्रतिशत समाजसेवा र धर्मकार्यमा छुट्याउने संस्कार विकास गर्न सके त्यसले समुदाय र समाज दुवैको उत्थानमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो । उहाँले परोपकार र सेवाभावलाई धर्मको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्नेमा जोड दिँदै समुदायभित्र सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउन आह्वान गर्नुभयो ।

युवा पुस्ताले आफ्नो इतिहास र धार्मिक–सांस्कृतिक परम्परालाई बुझेर त्यसबाट प्राप्त सकारात्मक शिक्षालाई व्यवहारमा उतार्नुपर्ने कार्यक्रममा सन्देश प्रवाह गरिएको थियो । संस्कृति विगतको स्मृतिमा मात्र सीमित विषय नभई समुदायको जीवन्त पहिचान भएकाले पुस्तान्तरणमार्फत संस्कृति र संस्कारको संरक्षण गर्नुपर्ने समाजको जोड थियो । नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व र सेवाभावसँग जोड्नुपर्नेमा जोड दिँदै धार्मिक पूजनोत्सव केवल परम्पराको निरन्तरता मात्र नभई समुदायका सदस्यबीच आत्मीयता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने अवसर लिनुपर्नेमा जोड दिइएको थियो ।
पूजनोत्सवमा श्री बलभद्र भगवान् तथा सहस्रबाहु अर्जुन भगवानको विधिपूर्वक पूजा, हवन, आरती तथा भजनकीर्तन गरिएको थियो । धार्मिक अनुष्ठानमा कलवार समुदायका महिला, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो । यो पर्वले कलवार समुदायलाई एक आपसमा जोड्ने, आत्मीयता साट्नेकाम मात्र गरेन युवा पुस्तालाई कार्यक्रम हस्तान्तरण गर्दै धर्मलाई सेवाभावमा परिणत गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
0
विज्ञापन