one
विज्ञापन

बिभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ र १ सय ८२ किलोग्राम लागूऔषध गाँजा बरामद.....

विराटनगर,
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ५ गते मोरङबाट २ जना, सुनसरीबाट २ जना, ताप्लेजुङबाट १ जना र उदयपुरबाट १ जना गरी जम्मा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ बर्ष ९ महिना १ दिन कैद सजाय र १ लाख १९ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको प्रहरीले जनाएको छ । त्यसतै उदयपुरको कटारी नगरपालिका–६ स्थित शिखर सामुदायीक बन क्षेत्रको झाडीबाट प्रहरीले १ सय ८२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असोज ५ गते बेलुका झाडीमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीटोलीले उक्त स्थानमा खोजी गर्दा ९ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको बेवारिसे अवस्थामा १ सय ८२ किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
6
विज्ञापन