धरान उप–महानगरपालिका वडा नं.१६ लेखनाथ चोक स्थितमा लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले कोठा भाड़ा गरी वडा नं. ०१ बस्ने वर्ष २४ को कबिर सहनीको डेरा कोठा खानतलासी तथा चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.९१ ग्राम (एक ग्राम नौ सय दश मिलिग्राम), ट्रामोल– ६६० (छ सय साठी) क्याप्सुल, डिकोलिक– ६० (साठी) ट्याब्लेट, डिसासईकोलिक– ३६० (तिन सय साठी) ट्याब्लेट र स्पासपेन– १२४ (एक सय चौबीस) ट्याब्लेट सहित निम्न मानिसहरू वडा नं. १४ विजयपुर बस्ने वर्ष ३५ को सुनिल दाहाल। र वडा नं. १३ सुम्निमा चोक बस्ने वर्ष ३१ को सुचम्वर राईलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।