one
विज्ञापन

बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ ,लागू औषध सहित १४ पक्राउ

विराटनगर,
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १८ बर्ष कैद सजाय र १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

झापा, मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट असोज ३ गते १४जनालाई लागू औषध सहित पक्राउ गरिएको छ । झापाको मेचिनगर नगरपालिका–७ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४४ वर्षिय नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम लागू औषध ब्राउन सुगर, ३३ वर्षिय संजित राजबंशि र ३१ वर्षिय प्रबिण उराउलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–१ का २५ वर्षिय किरण साम्बा लिम्बु र २५ वर्षिय रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम बाउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–१ का २३ वर्षिय करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, ६६ वर्षिय सुक्र बहादुर तामाङ र २५ वर्षिय सन्दिप राईलाई ३१ ग्राम ११० मिलिग्राम लागू औषध गाँजा सहित र प्रहरी चौकी सिक्टिले कानपोखरी गाउँपालिका–६ का २४ वर्षिय विक्रम गुरुङ र २१ वर्षिया केविना गुरुंङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालीका –१० स्थितबाट को १ च ८२७९ नम्बरको टाटा पिकअपमा राखेको १ हजार ४ सय ५४ किलो ८७० ग्राम लागू औषध गाँजा फेला पारी चालक भोक्राहानरसिंह –५ का ३० वर्षिय राम बहादुर यादवलाई पिकअप सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले देश भारत बिहार का २० वर्षिय बिपिन कुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका–९ का ३४ वर्षिय मौसम लिम्बु र ३४ वर्षिया मनिसा लिम्बुलाई ५४० मिलिराम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
6
विज्ञापन