one
विज्ञापन

चर्चित रोनाल्डो हात्ती मृत भेटियो........

Article Image

चर्चित रोनाल्डो हात्ती मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ ।
रोनाल्डो आज बिहान बरन्डाभार क्षेत्रमा मृत फेला परेको चितवन निकुन्जले जनाएको छ। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण खुल्ने जनाइएको छ ।
सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रेटी’का रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो । केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले बताए ।
२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ । यसका कारण रोनाल्डो खोरसोरको हात्ती प्रजनन केन्द्रसँग समेत विशेष रूपमा जोडिएको थियो ।
फूर्तिलो चाल, विशाल शरीर र अन्य भाले हात्तीलाई चुनौती दिने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयबीच निकै लोकप्रिय थियो ।
करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्ह समेत थिए । उसको पुच्छर समेत संघर्षकै क्रममा गुमेको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
0
विज्ञापन