one
विज्ञापन

विभिन्न मुद्दाका दोषी १८ जना पक्राउ ........

सुनसरी,
जिल्ला प्रहरी कार्यालय सुनसरीले हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका–१५का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ । हुण्डी कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी १ अर्व ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैया ८१ पैसा बरामवरको रकम हुण्डीको माध्यमबाट कारोवार गरेको देखिएको थियो । असोज १ गते पक्राउ परेका दुवै जनाको हुण्डी सम्वन्धी कारोवार गर्न नहुने, संगठीत अपराध निवारण ऐन २०७० र सम्पति शुद्धिकरण निवारण ऐन २०६४ सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय
सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
त्यसतै मोरङको विराटनगर– १७ स्थितबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०१ गते अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत जोग्वनीकी २५ बर्षीया लिजा खातुन र ४० बर्षीया जुली खातुनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएसगै दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । त्यसतै झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०१ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–‍७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड– १ का २९ बर्षीय मन कुमार राई र २६ बर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा धनकुटाको प्रहरी चौकी हिलेले सुनसरी बराहक्षेत्र नगरपालिका–२ का मनिष अधिकारी, अजय साह, भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका– ५ का अर्जुन चौधरी र धनकुटा साँगुरीगढी–९ का प्रबिन राईलाई ९४० ग्राम गाँजा सहित पक्राउ गरेको छ र विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १ गते मोरङबाट ३ जना र सुनसरीबाट १ जना गरी जम्मा ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २५ महिना कैद सजाय र ६ हजार ५०० रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
4
विज्ञापन