जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवा पोष्ट अगाडी अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको भारत जोगवनी बस्ने २५ बर्ष कि लिजा खातुन र ऐ.ऐ. बस्ने बर्ष ४० कि जुली खातुनलाई शंका लागि रोकी चेकजाँच गर्दा निजहरु मध्ये जुली खातुनको साथबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ९० ग्राम ८५० मिलिग्राम सहित फेला पारी दुबे जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।