one
विज्ञापन

लागू औषध ब्राउन सुगर र नगद सहित १ जना मानिस नियन्त्रणमा........

जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं. ०८ भोजपुरे टोल स्थितमा लागू औषध विक्री वितरण भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने वर्ष २३ को मोहमद अफरोज हुसेनलाई खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५.९७ ग्राम (पन्ध्र ग्राम नौ सय सत्तरी मिलिग्राम) र नगद रु. १८,१८०÷– (अठार हजार एक सय असी रुपैया) फेला परेको हुँदा निजलाई उक्त लागू औषध र नगद सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
0
विज्ञापन