धरान । बालबालिकाको रुचि र क्षमता एउटै हुँदैन । कोही पढाइमा अब्बल हुन्छन् भने कोही नृत्य, गायन, अभिनय, चित्रकला तथा साहित्यमा आफ्नो प्रतिभा देखाउन सक्छन् । यिनै विविध प्रतिभाको पहिचान र प्रस्फुटन गराउने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १ मा सप्ताहव्यापी राष्ट्रिय बाल दिवस कार्यक्रमअन्तर्गत वडास्तरीय खुला ट्यालेन्ट शो सम्पन्न भएको छ । धरान उपमहानगरपालिका र वडा बाल सञ्जाल धरान–१ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाले विभिन्न विधामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १ मा राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्ताहव्यापी विविध कार्यक्रम सहित वडास्तरीय खुला ट्यालेन्ट शो सम्पन्न भएको छ । धरान उपमहानगरपालिका र वडा बाल सञ्जाल धरान–१ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बालबालिकाले नृत्य, गायन, अभिनय, चित्रकला तथा कविता वाचनमार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् ।
बालबालिकाको रुचि र क्षमता एउटै नहुने यथार्थलाई आत्मसात् गर्दै आयोजना गरिएको ट्यालेन्ट शोले उनीहरूलाई आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ । पढाइमा मात्र सीमित नराखी कला, साहित्य, संगीत तथा सिर्जनात्मक गतिविधिमा समेत बालबालिकाको सहभागिता र क्षमता विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय बाल दिवस भदौ २९ गते मनाइने भए पनि वडा नं. १ ले दिवसलाई एकदिने औपचारिकतामा सीमित नराखी सप्ताहव्यापी रचनात्मक कार्यक्रमका रूपमा मनाएको हो । कार्यक्रमको अन्तिम चरणमा वडाभित्रका विभिन्न विद्यालय तथा समुदायका बालबालिकाले खुला ट्यालेन्ट शोमा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बालबालिकाले ‘मेरो सपना’ शीर्षकको भावपूर्ण कविता वाचन गर्नुका साथै राष्ट्रिय तथा गीतमा नृत्य र गायन प्रस्तुत गरेका थिए । अभिनय तथा चित्रकलामार्फत समेत उनीहरूले आफ्ना सिर्जनात्मक क्षमता प्रदर्शन गरे । कार्यक्रममा बालबालिकाले आफ्ना रुचि र प्रतिभालाई सार्वजनिक रूपमा प्रस्तुत गर्दै आत्मविश्वास अभिवृद्धि गर्ने अवसर पाएको वडाध्यक्ष यज्ञमणि अचार्यले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा वडाभित्रका पाँच वटा विद्यालयलाई आमन्त्रण गरिएको एको भएपनि विजयपुर स्कुलमा परीक्षा सञ्चालन भइरहेका कारण सहभागिता हुन नसके पनि अन्य तीन–चार वटा विद्यालयका विद्यार्थीले उत्साहपूर्वक प्रस्तुति दिएका थिए ।
वडाध्यक्ष आचार्यले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमले बालबालिकाको मनोबल उच्च बनाउनुका साथै उनीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने उहाँको धारणा छ ।
कार्यक्रमको व्यवस्थापन तथा संयोजनमा वडा बाल सञ्जाल धरान–१ सक्रिय रहेको थियो । बालबालिकालाई अगाडि बढाउने उद्देश्यले नृत्य, गायन, अभिनय तथा चित्रकलासहितको खुला ट्यालेन्ट शो आयोजना गरिएको वडा बाल सञ्जालकी अध्यक्ष रिसिका साहले बताउनुभयो । समयको व्यस्तता र सीमितताका बाबजुद बालबालिकाको उत्साहलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
अध्यक्ष साहका अनुसार वडा बाल सञ्जालले वर्षभरि नै बालबालिकाको क्षमता विकासका लागि उद्घोषण तालिम, माइन्युट लेखन तालिम तथा बाल अधिकारसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । यस्ता तालिमले बालबालिकालाई आफ्ना विचार स्पष्ट रूपमा राख्न, नेतृत्व क्षमता विकास गर्न तथा संस्थागत गतिविधिमा सक्रिय हुन सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
बालबालिकाको मागअनुसार क्षमता अभिवृद्धिका विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भइरहेको वडा बाल सञ्जाल व्यवस्थापनकी संयोजक रीता सुन्दासले जानकारी दिनुभयो । उहाँले धरान–१ लाई बालमैत्री वडा घोषणा गरिएको सन्दर्भ उल्लेख गर्दै बालश्रम न्यूनीकरण र बाल अधिकार संरक्षणमा समेत जोड दिइएको बताउनुभयो ।
संयोजक सुन्दसका अनुसार बालश्रम हुन नदिन तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न बाल क्लबका सदस्यहरूलाई समेत सचेतना र निगरानीका गतिविधिमा सक्रिय बनाइएको छ । बालबालिकाले माग गरेअनुसारका कार्यक्रम सञ्चालन गर्दै उनीहरूलाई सुरक्षित, सक्षम र आत्मविश्वासी बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
बालबालिकामा फरक–फरक क्षमता, चाहना र रुचि हुने भएकाले उनीहरूको प्रतिभा पहिचान गरी उपयुक्त अवसर प्रदान गर्नु आवश्यक छ । धरान–१ मा सम्पन्न सप्ताहव्यापी बाल दिवस तथा ट्यालेन्ट शोले बालबालिकालाई आफ्नो क्षमता प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउनुका साथै पढाइसँगै सिर्जनात्मक गतिविधिमा पनि प्रोत्साहन दिनुपर्ने सन्देश दिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।