one
विज्ञापन

लागू औषध सहित ५ जना पक्राउ,त्यसतै अवैध सामान बरामद यसैगरी अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट........

Article Image
Article Image

विराटनगर,
मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ । मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाललाई २ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी शनिश्चारे झापाले अर्जुनधारा नगरपालिका-७ स्थितबाट मे १ ह २४४३ नम्बरको अटो चालक सोही स्थानका ३३ वर्षीय सागर दर्जीलाई ७९० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी शरणामती झापाले ६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित शरणामती-६ का २५ वर्षीय प्रेम प्रसाद खनाललाई झापा गाउँपालिका-६ स्थितबाट पक्राउ गरेको छ । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-२ का २१ वर्षीय जनक माझीलाई १६ ग्राम ब्राउन सुगर सहित भद्रपुर-३ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
त्यसतै सुनसरीको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको युरिया मल, राजनिवास, रजनिगन्दा र सुर्ती लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ । भदौ २१ गते राती विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारत बाट अबैध रुपमा भन्सार छलि गरी देवानगंज गाउँपालिका-१ स्थितमा लुकाई छिपाई ल्याई राखेको अन्दाजी मुल्य ३ लाख १६ हजार ४ सय रुपैया बराबरको १ सय २८ बोरा युरिया मल र को ५ प ९१२० नम्बरको मोटरसाईकल बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट बेबारिसे अवस्थाको राजनिवास, रजनिगन्दा र सुर्ती गरी जम्मा १ लाख २ हजार बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिएको छ । बरामद गरिएका अन्दाजी ४ लाख १८ हजार ४ सय बराबरको सामानहरु आवश्यक कारवाहीको लागी सेतुवन्धु भन्सार कार्यालय कोशी व्यारेज पठाईएको छ ।
त्यसतै भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्मानाबाट भदौ २१ गते गस्तीमा खटिएको प्रहरी टोलीले ज्यामिरे, हतुवागढी र आमचोक गाउँपालिकाको बिभिन्न एरियाहरुको डाँडा पाखामा करिव ४ रोपनी क्षेत्रफलमा रहेका ४ हजार ३ सय ७० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन