one
विज्ञापन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार, मानवीय क्षति र राहतको पछिल्लो अवस्था जानकारी.......

Article Image
Article Image
Article Image

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उद्धार, मानवीय क्षति र राहतको पछिल्लो अवस्था जानकारी गराएको हो । भाेटेकाेशी बाढीपछि हालसम्म १३ हजार ३९६ जनाको जीवितै उद्धार गरिएको छ । विपद्मा परी ज्यान गुमाउनेको संख्या भने १ हजार ३५५ पुगेको छ । प्राधिकरणका विपद्मा घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ । ती मध्ये ३२३ जना विभिन्न अस्पतालमा उपचारका लागि लगेकाेमा २२८ डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट ३ हजार ३३७ र सशस्त्र प्रहरीबाट २ हजार ९७० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ ।बाढी तथा विपद्का कारण हालसम्म ४ हजार ९९६जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य जारी छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन