one
विज्ञापन

भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएको १२८ बोरा युरिया मल बरामद.........

सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीबाट १२८ बोरा युरिया मल लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आइतबार इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मल बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद गरिएको १२८ बोरा युरिया मलको अनुमानित मूल्य १ लाख ६६ हजार ३ सय रुपैयाँ रहेको छ । सोही क्रममा को. ५ प. ९१२० नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मल तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन