धरान । भोटेकोशी नदी र रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका घाइते र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीलाई रगतको अभाव हुन नदिन सुधार नेपाल धरानले बृहत् खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गतको रक्त सञ्चार सेवा धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रम मार्फत एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
रक्त सञ्चार सेवा धरानका प्रमुख सुरेन्द्र साहले सुधार नेपालले सञ्चालन गरेको अभियान मानवीय सेवाका दृष्टिले अत्यन्तै प्रशंसनीय रहेको बताउँदै एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार कार्यक्रम सुरु भएको केही समयमै करिब डेढ सयदेखि दुई सय पिन्टसम्म रगत संकलन भइसकेको थियो भने रक्तदाताको सहभागिता निरन्तर बढिरहेको छ । साहले रसुवा तथा भोटेकोशी क्षेत्रका विपद् प्रभावितको उपचारका लागि त्यहाँ कार्यरत चिकित्सकसँग समन्वय गरिएको जानकारी दिँदै हाल प्रभावित क्षेत्रमा एक हजार पाँच सयदेखि दुई हजार पिन्टसम्म रगत मौज्दात रहेकाले तत्काल रगत नपठाउन सुझाव आएको बताउनुभयो । आवश्यकता परे धरानमा संकलित रगत सम्बन्धित रेडक्रससँग समन्वय गरी तुरुन्तै पठाइने उहाँले स्पष्ट पार्नुभयो ।
ब्लड फर निडका संयोजक प्रकाश सुवेदीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वी नेपालका पहाडी जिल्ला र मधेशका विभिन्न जिल्लाबाट आउने बिरामीको प्रमुख उपचार केन्द्र भएकाले यहाँ रगतको माग सधैँ उच्च रहने बताउनुभयो । दुर्घटना, आकस्मिक शल्यक्रिया तथा गम्भीर बिरामीका लागि ताजा रगत र विभिन्न रक्त कम्पोनेन्ट आवश्यक पर्ने भएकाले आवश्यक पर्दा स्वयंसेवी रक्तदातालाई सिधै ब्लड बैंकसम्म पु¥याएर बिरामीको जीवन बचाउने काम निरन्तर भइरहेको उहाँको भनाइ छ ।
सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले भोटेकोशी र रसुवा क्षेत्रमा आएको विपद्ले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै घाइतेको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले विशेष रक्तदान अभियान सञ्चालन गरिएको बताउनुभयो । धरानमा संकलित रगत बीपी प्रतिष्ठानमा उपचाररत बिरामीको उपचारमा प्रयोग गरिनुका साथै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आवश्यकता देखिएमा रेडक्रसको समन्वयमा तत्काल पठाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
आयोजकका अनुसार कार्यक्रमबाट संकलित रगत सुरक्षित रूपमा रक्त सञ्चार सेवामा भण्डारण गरिनेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीलाई प्राथमिकताका साथ उपलब्ध गराइने र विपद् प्रभावित क्षेत्रमा रगतको अभाव देखिएमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आपूर्ति गरिने व्यवस्था गरिएको छ । कार्यक्रममार्फत विपद्को कठिन घडीमा मानवीय सेवामा ऐक्यबद्धता जनाउँदै रक्तदानमार्फत जीवन बचाउने अभियानम सबै समर्पित हुनुपर्ने आयोजकको भनाइ रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।