one
विज्ञापन

कोशी प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण..

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । कोशी प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । प्रदेश सरकारले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रदेश सरकारले राहत, उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन ‘एकद्वार नीति’ अवलम्बन गर्ने निर्णय गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ । साथै, कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि केही बजेट निकासा गरिएको र आवश्यकता अनुसार थप बजेटसमेत उपलब्ध गराइने जनाएको छ ।
यसैबीच,सामाजिक विकास मन्त्री गीता तिम्सिनाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकहरूको पीडाप्रति प्रदेश सभाको ऐक्यबद्धता रहेको बताउनुभयो ।

कोशी प्रदेश सभाको बैठकको प्रारम्भमा उपसभामुख सिर्जना दनुवारले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाउन संघीय सरकारसँग अनुरोध गर्दै विस्थापित परिवारका लागि राहत, अस्थायी आवास तथा आवश्यक सहयोगको व्यवस्था गर्न सबै पक्षसँग अपिल गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको र १४ वटै जिल्ला प्रशासन कार्यालयमा तत्काल राहत बजेट पठाइसकिएको जानकारी दिनुभयो । उहाँले बजेट अभाव हुन नदिने तथा माग हुनासाथ थप रकम निकासा गरिने स्पष्ट पार्दै संघीय सरकार, बागमती प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरेर राहत तथा उद्धार कार्यलाई निरन्तर अघि बढाइने बताउनुभयो ।

प्रदेश सरकारका अनुसार भोटेकोशी बाढीबाट कोशी प्रदेशका १४ जिल्लाका २०४ जना नागरिक प्रभावित भएका छन् । तीमध्ये ३० जना सम्पर्कमा आएका छन् भने १२ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११ जना ओखलढुङ्गा र एक जना झापाका रहेका छन् । इलामका एक जनाको मृत्यु पुष्टि भएको छ भने एक जना घाइते भएका छन् । हालसम्म १६० जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको प्रदेश सरकारले जनाएको छ ।
सबैभन्दा बढी प्रभावित जिल्लामध्ये ओखलढुङ्गाका ४८ जनामध्ये ११ जना सम्पर्कमा आएका, ११ जनाको उद्धार भएको र २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यस्तै सोलुखुम्बुका ४५ जनामध्ये ४२ जना, सुनसरीका २१ मध्ये १६ जना, उदयपुरका २१ मध्ये १६ जना, मोरङका १८ जना तथा झापाका १४ मध्ये १३ जना अझै सम्पर्कमा आउन बाँकी रहेका छन् ्।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन