one
विज्ञापन

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानद्वारा बाढी पीडितका लागि रु. ३७ लाखभन्दा बढी राहत सहयोग प्रदान......

Article Image

रसुवा जिल्लामा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण धेरै अमूल्य जीवनहरू अकालमै गुम्न पुगेको खबरले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ । सो विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भई प्रभावित बनेका नागरिकहरूप्रति वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार गहिरो दुःख व्यक्त गर्दै पीडितहरूप्रति हार्दिक सहानुभूति प्रकट गर्दछ । साथै, यस अकल्पनीय र दुःखद घडीमा परी अमुल्य ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकविह्वल परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानका क्षेत्रमा राष्ट्रकै अग्रणी संस्थाको रूपमा स्थापित प्रतिष्ठानले आप्mनो उच्च सामाजिक उत्तरदायित्व बोध गर्दै विपद्को यस चुनौतीपूर्ण घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई आपतकालीन राहत, उद्धार तथा पुनर्निर्माणमा टेवा पु¥याउने उद्देश्यले प्रतिष्ठान परिवारका तर्पmबाट राहत कोषमा योगदान गर्ने निर्णय गरे अनुरुप प्रतिष्ठानका पदाधिकारीज्यूहरू, सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व–कर्मचारी (पेन्सनर) हरूबाट समेत स्वतःस्फूर्त रूपमा १ (एक) दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरिएको थियो । यसरी सबैको साझा प्रयासबाट संकलित कुल रु. ३७,०२,०००÷– (अक्षरेपी सैंतीस लाख दुई हजार रुपैयाँ मात्र) रकम नेपाल सरकारको ूप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषू मा जम्मा गरिएको छ । यो रकमले बाढी पहिरोबाट प्रभावित परिवारहरूको तत्काल राहत, औषधि उपचार तथा दीर्घकालीन पुनस्र्थापनाका कार्यहरूमा केहि हदसम्म सहयोग पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ ।
स्थापनाकालदेखि नै मुलुकमा आइपर्ने विभिन्न महामारी, प्राकृतिक प्रकोप तथा संकटको समयमा यथासक्य सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले संकटको घडीमा सम्पूर्ण देश र जनताको साथमा काँधमा काँध मिलाएर उभिने आप्mनो दृढ प्रतिबद्धतालाई पुनः दोहो¥याएको छ ।
विपद्को यस संवेदनशील समयमा आप्mनो पसिनाको कमाइबाट १ दिनको पारिश्रमिक योगदान गरी यो मानवीय कार्यलाई सफल बनाउनुहुने वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवारका सम्पूर्ण पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पेन्सनर महानुभावहरूप्रति प्रतिष्ठान ह्दयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन